अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि  | Khabarhub Khabarhub

अन्तिम २ मिनेटमा बढ्यो शेयर बजार, कारोबार २ अर्ब माथि 


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा बढेको छ । नेप्से लगभग बन्द हुनुभन्दा २ मिनेट अगाडि घटेको नेप्से बजार बन्द हुँदा २.०६ अंकले बढेको छ ।

आज नेप्से ०.१० प्रतिशतले बढेर १९६०.८१ बिन्दुमा कायम भएको छ । मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार ३८ कित्ता शेयर ३८ हजार २१४ पटक किनबेच भएको छ ।

आज ३१४ कम्पनीको शेयर किनबेच हुँदा १२० कम्पनीको शेयर मूल्य बढ्यो भने ११४ कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

मंगलबार सेन्सेटिभ इन्डेक्स १.७७ अंकले, फ्लोट इन्डेक्स ०.०९ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ अंकले बढेको छ । १३ वटा उपसमूहमध्ये विकास बैंक, लघुवित्त, उत्पादन र अन्य कम्पनीको शेयर बढेको छ भने अन्य ८ समूह घटेको छ ।

आज हिमालयन लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी पोखरा फाइनान्सको कारोबार भएको छ । पोखराको ८ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख २९ हजार ९७१ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : २० बजे

भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत् आपूर्ति

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पर्यटकीय नगरी पोखरामा भूमिगत वितरण प्रणालीमार्फत

रास्वपाले बहिष्कार गर्‍यो हिउँदे अधिवेशनको पहिलो बैठक

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको पाँचौं अधिवेशनमा

यस्तो देखियो संसद् अधिवेशनको पहिलो बैठक (तस्बिरहरू)

काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको

रास्वपाको अवरोधबीच सभामुखले पढ्न थाले राष्ट्रपति कार्यालयबाट जारी भएका पत्र

काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो

सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति

बरहथवा– सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज बिहान