वर्षाले घटायो डढेलो, थप तीन दिनसम्म वर्षा हुने « Khabarhub

वर्षाले घटायो डढेलो, थप तीन दिनसम्म वर्षा हुने


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयपछि सोमबारदेखि सुरु भएको वर्षासँगै देशका विभिन्न स्थानमा फैलिएको वन डढेलो नियन्त्रणमा सहज हुने आशा पलाएको छ ।

सुक्खा भएका कारण केही समयदेखि लागिरहेको वन डढेलो वर्षाका कारण नियन्त्रणमा आउन सक्ने सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन्।

मौसमविद्हरूले पनि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै राम्रो वर्षाको सम्भावना रहेको बताए । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अहिले पनि लुम्बिनी, कोशी प्रदेश तथा काठमाडौँ आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार अझै आगामी तीन दिनसम्म वर्षाको सम्भावना छ । ‘बिहीबारसम्म नै वर्षाको सम्भावना छ, २४सैँ घण्टाको मौसमी अवस्था विश्लेषण गर्दा गण्डकी प्रदेशका बागलुङ, स्याङ्जालगायतका जिल्लामा भारी वर्षा भएको छ, आजका लागि भने गण्डकी, लुम्बिनी, प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ’, उनले भने, ‘आज अपराह्नमा भने काठमाडौँ उपत्यकामा हावाहुरी चट्याङसहितको वर्षा हुने भएकाले सतर्कता अपनाउन जरुरी छ ।’

यो वर्षाले केही दिनका लागि डढेलो नियन्त्रणमा सहज हुने बताउँछन्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविद् सुन्दर शर्मा । ‘लामो समयसम्मको सुक्खाका कारण मुलुकका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको थिएन’, उनले भने, ‘अब पानी पर्न सुरु भएको छ, पूर्वका धेरैजसो डढेलो नियन्त्रणमा आए पनि पश्चिमको बाँकी नै छ । वर्षासँगै डढेलो नियन्त्रणमा आउला भन्ने विश्वास छ तर ढुक्क भएर बस्नु हुँदैन ।’

शर्माका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटना हुन्छन् । ‘८० प्रतिशत वन डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छन् । यस कारण अहिले हामी उच्च जोखिमको समयमा छौँ’, शर्माले भने, ‘मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ ।’

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : ३० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद