‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ? | Khabarhub Khabarhub

‘पुजार सार्की’को ट्रेलर रिलिजमा पल शाह किन अनुपस्थित ?


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिनेश राउतको निर्देशन रहेको मल्टिस्टार फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरेको छ ।

बानेश्वरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा नायक प्रदीप खड्कालाई विशेषस्थान दिइएको छ । फिल्ममा उनी मैतबहादुरको भूमिकामा छन् ।

करिब चार मिनेट लामो ट्रेलरमा छुवाछुतको मुद्दा उठाएको छ । साथै, छुवाछुतले पार्ने समाजिक र मानिस असरलाईसमेत चित्रण गरिएको छ ।

कार्यक्रम फिल्मका शीर्ष कलाकारहरु अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का, अभिनेतृहरु अञ्जना बराइली र परीक्षा लिम्बूलगायत कालकारको उपस्थिति थियो । फिल्मका शीर्ष कलाकार पल शाह भने अनुपस्थित थिए ।

निर्माण पक्षले उनी अर्को फिल्मको छायांकनका लागि काठमाडौं बाहिर रहेकाले कार्यक्रममा अनुस्थित भएको जनाएको छ ।

जेठ १० बाट प्रदर्शनमा आउने यस फिल्म विकास सुबेदीले लेखेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यस फिल्मको निर्माता सुवास भुसाल हुन् ।

तस्बिर : चिरायु शाक्य 

ट्रेलर हेर्नुहाेस् :

 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ५ : २१ बजे

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा