'पुजार सार्की’को ट्रेलर, प्रदीप र आर्यन आउँदा पल देखिएनन् (तस्बिरहरू) | Khabarhub Khabarhub

‘पुजार सार्की’को ट्रेलर, प्रदीप र आर्यन आउँदा पल देखिएनन् (तस्बिरहरू)


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंको बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली र परीक्षा लिम्बु उपस्थित थिए ।

त्यस्तै, फिल्मका अन्य कलाकार मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य उपस्थित थिए । कार्य व्यस्तताका कारण प्रमुख कलाकार पल शाह भने उपस्थित भएनन् ।

त्यस्तै, फिल्मका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसाललगायतले दर्शक र पत्रकारहरूसँगै बसेर ट्रेलर हेरेका थिए ।

तस्बिरमा हेर्नुहाेस् : 

तस्बिर :चिरायु शाक्य 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ५ : ४६ बजे

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग