लम्कीचुहाको चिसापानीमा बेवारिसे शव फेला | Khabarhub Khabarhub

लम्कीचुहाको चिसापानीमा बेवारिसे शव फेला


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

लम्की– कैलालीको लम्कीचुहा नगरपालिका-३, चिसापानीमा एक बेवारिसे शव फेला परेको छ। इलाका प्रहरी कार्यालय, लम्कीका अनुसार आज दिउँसो १३ बजे कर्णाली नदीको पश्चिम किनारामा अन्दाजी ५५/६० वर्ष एक पुरुषको शव फेला परेको हो ।

वर्ण गोरो, गोलो अनुहार भएको, नाक थेप्चो, फुलेका दाह्रि जुंगा फुलेको, कान ठूला भएको, कम्मरमा कण्डे डोरी र जनाई लगाएको, घाटीमा सेतो रंगको सुर्के थैली भएको, माथिल्लो शरीरमा सेतो रंगको हाप टिसर्ट र तल्लो शरिरमा निलोमा सेतो रातो धर्के ट्राउजर लगाएको, उचाई ५ फिट ८ ईन्च,कपाल हल्का फुलेको पुरुषको शवब फेला परेको इप्रका लम्कीले जनाएको छ।

शव टीकापुर अस्पतालको शव गृहमा राखिएको र सनाखत हुन नसकेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ११ बजे

लामिछानेको जवाफ- गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट

गगनप्रति रविको आक्रोश : बाख्राका नाममा कृषि अनुदान खानेलाई पनि नछाडौं

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा आफूमाथि

कृषि मन्त्रालय- यसवर्ष रासायनिक मलको अभाव हुँदैन, ढुक्कले खेती गर्नुहोस्  

काठमाडौं–  यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने

संसद्‍मा रविले भने : म बहुलाहा होइन

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गरेर प्रमुख

लामिछानेको कांग्रेसलाई चेतावनी- तपाइको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाईँहरूको गनगनले