राष्ट्रिय सुरक्षा नीतिलाई सबैले गम्भीरतापूर्वक लिनुपर्‍यो : रक्षामन्त्री « Khabarhub

राष्ट्रिय सुरक्षा नीतिलाई सबैले गम्भीरतापूर्वक लिनुपर्‍यो : रक्षामन्त्री


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिलाई राजनीतिक नेतृत्वलगायत सबैले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री उप्रेतीले सुरक्षा बहु आयामिक र अन्तर निकाय सम्बन्धित भएको भन्दै सुदृढ राष्ट्रिय सुरक्षाका लागि राज्यका निकायबीच समन्वय, साझा बुझाइ र अवधारणा हुनुपर्ने बताएका हुन्। अहिले मुलुकको राष्ट्रिय सुरक्षाको अवस्था केही कमजोर भएजस्तो देखिएको उनले बताए ।

उनले राष्ट्रिय सुरक्षा नीति २०७५ सरकारको मूल नीति भएकाले सबै मन्त्रालय र निकायले यसलाई मूल नीति बनाएर कार्य गर्न जरुरी रहेको बताए । उनले जुनसुकै राजनीतिक दल र विचार धारा बोक्ने व्यक्ति भए पनि राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा एकैसाथ उभिनुपर्नेमा जोड दिए ।

मन्त्री उप्रेतीले मुलुकको अस्मिता र अस्तित्वको रक्षा गर्ने दायित्वमा मन्त्रालय प्रतिबद्ध रहेको धारणा राखे ।

त्यस्तै प्रधानसेनापति प्रभुराम शर्माले शक्ति राष्ट्रबीचको बदलिँदो परिस्थितिले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष असर गरिरहेको बताए ।

अहिले नयाँ खाले शीतयुद्ध सुरु हुन लागेको आभास पनि भएको उनले बताए । प्रधानसेनापति शर्माले राष्ट्रिय राजनीति सधैँ तरलरुपमा हुने भएकाले यसप्रति सेना सधैँ चनाखो भएर रहने धारणा राखे । संघ र प्रदेश सरकारको स्थायित्वले राष्ट्रिय सुरक्षा स्थितिमा सकारात्मक प्रभाव पर्ने उनले बताए । उनले चीन, भारत, इयु र अमेरिकालाई पनि साथमा लिएर देशको हितमा काम गर्न सक्नुपर्ने उल्लेख गरे ।

त्यस्तै तराई मधेश द्रुतमार्ग सडक आयोजनाका प्रमुख सहायकरथी विकास पोखरेलले आयोजनाको हालसम्म भौतिक प्रगति ३३ दशमलव २० प्रतिशत रहेको जानकारी दिए । उनले २०८३ को अन्त्यसम्ममा पूरा गर्ने लक्ष्यकासाथ सेनाको व्यवस्थापनमा अघि बढेको आयोजनाको सुरुङ र पुल निर्माण कार्यसमेत लक्ष्यअनुरूप अघि बढिरहेको जानकारी दिए ।

त्यस्तै सेनाले उक्त आयोजनाका पाँच वटा सुरुङ यसै आर्थिक वर्षको अन्त्यसम्म छिचोलिसक्ने गरी काम भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ५५ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको