एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन « Khabarhub

एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै सरकारबाट दायाँबायाँ हुने कुनै योजना नरहेको स्पष्टीकरण दिएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अहिले विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जानकारी प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले दिए ।

‘अहिले विकसित भएका राजनीतिक घटनाक्रमहरूलाई पार्टीले गहिरोपूर्वक अध्यन तथा विश्लेषण गरिरहेको छ । धेरै जिम्मेवारीपूर्वक आफ्ना कदम बढाउने निर्णय गरेका छौँ’, उनले भने,‘आज हामी सरकारमा छौँ, भोलि पनि सरकारमा हाम्रो निरन्तरता रहिरहने छ ।’

उनले बाहिर चर्चा गरे जस्तो यो सरकारको विकल्प नखोजिएको पनि जवाफ दिए ।

‘कतिपय व्यक्ति र संस्थाहरूरुले चर्चा गरे जस्तो पार्टीले सरकारबारे अन्यथा निर्णय गरेको छैन’, उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम आउँदैछ, बजेटको तयारी अन्तिम अवस्थामा छ । नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिने निर्णय भएको छ ।’

उनले पार्टीको महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको पनि बताए । ‘यसको तयारीलाई प्रभावकारी रुपमा सम्पन्न गर्न आह्वान गरिएको छ’, उनले भने, ‘बाहिर चर्चा भएजति सबै विषयमा छलफल भएको छ । पार्टी एकढिक्का छ। कुनै पनि विवाद छैन । महाधिवेशनका लागि देशव्यापी लागिएको छ ।’

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ७ : ०१ बजे

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र