एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन « Khabarhub

एकीकृत समाजवादीको स्पष्टीकरण : सरकारको विकल्प खोज्न दायाँबायाँ गरिएको छैन


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै सरकारबाट दायाँबायाँ हुने कुनै योजना नरहेको स्पष्टीकरण दिएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अहिले विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जानकारी प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडाले दिए ।

‘अहिले विकसित भएका राजनीतिक घटनाक्रमहरूलाई पार्टीले गहिरोपूर्वक अध्यन तथा विश्लेषण गरिरहेको छ । धेरै जिम्मेवारीपूर्वक आफ्ना कदम बढाउने निर्णय गरेका छौँ’, उनले भने,‘आज हामी सरकारमा छौँ, भोलि पनि सरकारमा हाम्रो निरन्तरता रहिरहने छ ।’

उनले बाहिर चर्चा गरे जस्तो यो सरकारको विकल्प नखोजिएको पनि जवाफ दिए ।

‘कतिपय व्यक्ति र संस्थाहरूरुले चर्चा गरे जस्तो पार्टीले सरकारबारे अन्यथा निर्णय गरेको छैन’, उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम आउँदैछ, बजेटको तयारी अन्तिम अवस्थामा छ । नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिने निर्णय भएको छ ।’

उनले पार्टीको महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको पनि बताए । ‘यसको तयारीलाई प्रभावकारी रुपमा सम्पन्न गर्न आह्वान गरिएको छ’, उनले भने, ‘बाहिर चर्चा भएजति सबै विषयमा छलफल भएको छ । पार्टी एकढिक्का छ। कुनै पनि विवाद छैन । महाधिवेशनका लागि देशव्यापी लागिएको छ ।’

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ७ : ०१ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट