रकेट आक्रमणपछि मणिपुर आतंकित, विद्यालयहरू बन्द  « Khabarhub

रकेट आक्रमणपछि मणिपुर आतंकित, विद्यालयहरू बन्द 


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ ।

जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र  इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू शनिबार बन्द गर्ने जनाइएको छ  । 

शुक्रबार एक विद्रोही समूहले मणिपुरको विष्णुपुर जिल्लामा रकेट प्रहार गरेको थियो भने  स्थानीय प्रहरीले कुकी समूहले आक्रमण गरेको जनाएको छ । ब्यारेजमा एक व्यक्तिको मृत्यु भएको र छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आक्रमणको जवाफमा अधिकारीलाई सन्दिग्ध कुकी आतङ्ककारीहरूले गोली हानेपछि जबाफी आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।

मणिपुरका पूर्व मुख्यमन्त्री स्वर्गीय मैरेनबाम कोइरेङ सिंहको निवासमा रकेट प्रहार हुँदा एक व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
शुक्रबारको आक्रमण विद्रोहीहरूले विस्फोटक पदार्थ खसाल्न ड्रोन प्रयोग गरे पछि प्रहरीले राज्यमा हिंसाको वृद्धि भएको जनाएको छ । 

मेइतेई र कुकी समुदायहरूबीच जमिन र सार्वजनिक रोजगारीका लागि भएको विवादबीच राजनीतिक लाभका लागि स्थानीय नेताले जातीय विभाजन बढाएको आरोप मानव अधिकारवादी समूहले लगाएका छन् । 

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  २ : ३१ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १