पूर्वाग्रही बन्दै नेपाल ओलम्पिक कमिटी | Khabarhub Khabarhub

पूर्वाग्रही बन्दै नेपाल ओलम्पिक कमिटी


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

नेपाल ओलम्पिक कमिटीले निश्चित केही सङ्घलाई मात्र मान्यता दिएर अन्यलाई बेवास्ता गर्ने नीति अख्तियार गरेको खुलेको छ। कमिटीले खास समूहको मुठ्ठीमा खेलकुदलाई राख्ने नियतले अन्तर्राष्ट्रिय मान्यता र नेपालको खेलकुद ऐनलाई वेवास्ता गरेको आरोप धेरै सङ्घले लगाएका छन्।

नेपाल रग्बी सङ्घ, नेपाल बेसबल एन्ड सफ्ट बल सङ्घ र स्केट बोर्डिङले लामो समयदेखि कमिटीको व्यवहारको विरोध गर्दै आएका छन्। ओलम्पिक कमिटीमा उनीहरुले लिखित रुपमै असन्तुष्टि व्यक्त गरिसकेका छन् । कमिटीप्रति असन्तुष्टि व्यक्त गर्ने खेल संघ थपिनेक्रम जारी छ। कमिटीले छानबिन गर्ने बताए पनि लामो समयसम्म चासो नदिएपछि उनीहरूको आक्रोश अझ बढ्दै गएको छ।

पेरिस ओलम्पिकमा समावेश गरिएका मोर्डन पेन्टाथनल, रग्बी सेभेन्स, स्पोर्ट्स क्लाइम्बिङ, सर्फिङ, इक्वेस्ट्रियन र ट्राम्पोलाइन नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छैन।

नेतृत्वमा रहने व्यक्ति हेरेर निर्णय गर्ने र मनोमानी ढंगले चल्ने नेपाल ओलम्पिक कमिटीको कदम यत्तिसम्म खराब छ कि नेपाल डान्सिङ स्पोर्टेसका दीपक लामालाई ओलम्पिक स्कलरसिप परियोजनामा समावेश गरे पनि त्यस सङ्घलाई मान्यता भने दिँदैन।

जबकी नेपाल ओलम्पिक कमिटीको विधानले सदस्य प्राप्त गर्ने योग्यतामा अन्तर्राष्ट्रिय महासङ्घमा आबद्धता भएको तथा नेपालमा गतिविधि भएको मापदण्ड तोकेको छ।

सबै मापदण्ड पुरा भए पनि नेपाल ओलम्पिक कमिटीले मान्यता नदिनु बदनियत रहेको सङ्घ अधिकारीको भनाइ छ ।

पेरिस ओलम्पिक खेल २६ जुलाईदेखि ११ अगस्टसम्म हुने छन्। ओलम्पिक कमिटी निकट श्रोत भन्छ, ‘केही अनावश्यक व्यक्तिलाई पेरिस भ्रमण गराएर अन्य लाभ लिन कमिटीको नेतृत्व तल्लीन छ।’

नेतृत्वमा रहने व्यक्ति हेरेर निर्णय गर्ने र मनोमानी ढंगले चल्ने नेपाल ओलम्पिक कमिटीको कदम यत्तिसम्म खराब छ कि नेपाल डान्सिङ स्पोर्टेसका दीपक लामालाई ओलम्पिक स्कलरसिप परियोजनामा समावेश गरे पनि त्यस सङ्घलाई मान्यता भने दिँदैन। डान्सिङलाई मान्यता दिँदा त्यस भन्दा धेरै सक्रिय र धेरै गतिविधि गर्ने अन्य खेललाई पनि मान्यता दिन दबाब पर्ने भएका कारण सो खेललाई पनि मान्यता नदिइएको उनीहरुको भनाइ छ।

डान्सिङ स्पोर्ट्सको स्कलरसिपको एउटा प्रमुख कारण ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको सो सङ्घ नेतृत्वसँगको निकट सम्बन्ध हुनु श्रोतको दाबी छ।

ओलम्पिक खेलमा धेरै खेलाडीलाई स्कलरसिप प्रदान गरिन्छ। तर कुनै पनि स्कलरसिपको औचित्य समेत पुष्टि भएको छैन। यसरी ओलम्पिक स्कलरसिप पाउने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा कस्तो प्रदर्शन गरे भन्ने विवरण कतै छैन।

आफूहरू रहेको तथा नेतृत्व गरेको सङ्घलाई रोक्नका लागि नेपाल ओलम्पिक कमिटीको नियत नै गलत भएको कुरामा अहिले बेसबल तथा सफ्ट बल एसोसिएसनका अध्यक्ष दीपक न्यौपाने, स्केट बोर्डिङ अध्यक्ष अच्युत खनाल तथा नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरे सबै सहमत छन्।

पेरिस ओलम्पिकका लागि एथलेटिक्स, टेबल टेनिस र ब्याडमिन्टन खेलाडी छनोट भएका छन्। सबै देशलाई सहभागी गराउने उद्देश्य वर्ल्ड एक्वाटीक्सको रहेका कारण नेपाली पौडीले पनि सहभागिताको अवसर पाउने छ। नेपालको अहिलेको संरचना अनुसार कसरी चलेको छ र प्रदर्शन कस्तो रहने भन्ने कुरा अबको दुई महिनामा सबै प्रष्ट हुनेछ।

ओलम्पिक खेलमा धेरै खेलाडीलाई स्कलरसिप प्रदान गरिन्छ। तर कुनै पनि स्कलरसिपको औचित्य समेत पुष्टि भएको छैन। यसरी ओलम्पिक स्कलरसिप पाउने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा कस्तो प्रदर्शन गरे भन्ने विवरण कतै छैन। टेबल टेनिसमा स्यान्टु श्रेष्ठ अहिले छनोट भएका छन्। तथापि यो सुविधा पाउनेमा संयोग कपाली थिए।

 

नेपाल ओलम्पिक कमिटीमा मान्यता प्राप्त दुई खेल उसु, कराते र कबड्डी पेरिस ओलम्पिकमा समावेश गरिएको छैन। कबड्डी खेल त ओलम्पिक महोत्सवमा नै समावेश छैन।

उसु र कराते पनि नियमित ओलम्पिक खेल होइनन्। कराते जापानले ओलम्पिक आयोजना गरेका कारण टोकियो ओलम्पिकमा समावेश थियो। तर ओलम्पिकमा सो खेलको खासै उपस्थिति छैन। कमिटीले रग्बी सेभेन्स, बेसबल तथा सफ्ट बल र स्केटबोर्डीलाई मान्यता नदिनु आश्चर्यको विषय भएको छ।

नेपाल ओलम्पिक कमिटीमा आबद्ध धेरै सङ्घका अध्यक्ष कि त धेरै राजनीतिक पहुँच र हैसियत भएका छन् कि त काठमाडौँ उपत्यकामा स्थायी बसोबास भएका एलिट वर्गमा छन्। यिनीहरूले ओलम्पिक मापदण्ड अनुसार केही गर्दैनन्। यसको पहिलो उदाहरण नेपाल जिम्न्यास्टिक सङ्घ हो।

इक्वेस्टियन सङ्घलाई मान्यता दिइएको छैन। तर ओलम्पिक कमिटीका केही कार्यक्रममा सो सङ्घका अध्यक्ष रवि राजकर्णिकारले ओलम्पिक कमिटीको औपचारिक कार्यक्रममा उपस्थित गराउने गरेका छन्।

राजकर्णिकारले इक्वेस्ट्रियन सङ्घको साधारण सभा गर्दा पनि ओलम्पिक कमिटीका धेरै अधिकारीको उपस्थिति रहेको थियो।

एउटा अचम्मको संयोग समेत देखिएको छ। नेपाल ओलम्पिक कमिटीमा आबद्ध धेरै सङ्घका अध्यक्ष कि त धेरै राजनीतिक पहुँच र हैसियत भएका छन् कि त काठमाडौँ उपत्यकामा स्थायी बसोबास भएका एलिट वर्गमा छन्।

यिनीहरूले ओलम्पिक मापदण्ड अनुसार केही गर्दैनन्। यसको पहिलो उदाहरण नेपाल जिम्न्यास्टिक सङ्घ हो।

‘वाल वर्ल्ड वान ड्रिम’को नारा उकास्ने ओलम्पिक मुभमेन्ट नराम्रोसँग एउटा निश्चित व्यक्तिको घेराबन्दीमा परेको देखिन्छ। यसले नेपालले पेरिस ओलम्पिकका लागि कस्तो तयारी गर्ने हो प्रतीक्षाको विषय बनेको छ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ९ : २२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि