गाउँपालिका अध्यक्षमा पराजित भएका सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त « Khabarhub

गाउँपालिका अध्यक्षमा पराजित भएका सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिँह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश  गरेपछि सिंहलाई  मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका रूपमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि बुधबार प्रदेश प्रमुख सुवेदीले शुक्रबार १० बजेको समय सीमा तोकी संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्ति प्रयोजनका आह्वान गरेकी थिइन् । 

सिंहको नेतृत्वमा सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ सदस्यको समर्थनसहित आजै बिहान दाबी पेस गरिएको छ । 

को हुन नवनियुक्त मुख्यमन्त्री सिंह ?
मुख्यमन्त्रीमा नियुक्त सतिश सिंह सप्तरी २ को (१) बाट प्रदेशसभा निर्वाचित भएका हुन् । उनी २०७५ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडीका गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतको उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । 

भारतीय राज्य झारखण्डस्थित राँचीको बिआइटी मिश्राबाट सूचना प्रविधिमा स्नातकोत्तर सिंह मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी लोसपाका नेता एवम् राष्ट्रियसभा सांसद शेखर सिंहका माइला पुत्र हुन् ।  

सिंहले आजै १२ बजे मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गर्ने छन् । उनको नेतृत्वमा बन्ने सरकारमा एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन नेकपा एसलाई कृषि, उर्जा तथा सिंचाइ, १-१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उनमुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको  छ ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १२ : १० बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७