कालीगण्डकी करिडोर : चराङ-छोसेर खण्ड निर्माण सुरु « Khabarhub

कालीगण्डकी करिडोर : चराङ-छोसेर खण्ड निर्माण सुरु


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण पुनः प्रारम्भ भएको छ । 

पाँच वर्षअघि नै पूरा हुनुपर्ने २५ किलोमिटर लामो यो सडकखण्ड निर्माणको काम पछिल्लो १८ महिनापछि पुनः सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताए। 

‘धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनीसहित कारबाही प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले काम पुनः प्रारम्भ गरेको छ’, उनले भने ‘कल्भर्ट, पर्खाल र नाली निर्माण भइरहेको छ ।’ 

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न २०७२ सालमा तामाङ–गौरी–पार्वती–कोशी एण्ड न्यौपाने जेभीले २६ करोडमा ठेक्का लिएको थियो । 

विसं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । एघार मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्यसहित आयोजना सञ्चालन भएको हो ।

 लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए । 

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरलानाका जोड्ने एक सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३-७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो ।

जोमसोम–कोरला सडकको छवटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ । जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि रु दुई अर्ब छ करोड विनियोजन भएको थियो । 

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १० : १३ बजे

पहिरोले घेरिएको पाउद्धार : विस्थापितलाई गाउँ फर्किन अन्योल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५

बुढीगण्डकी बाढीबाट चार जलविद्युत आयोजनामा क्षति

काठमाडौं– बुढीगण्डकी नदीमा आएको बाढीका कारण चार वटा जलविद्युत आयोजनाहरूमा भौतिक

नवरात्र प्रारम्भ : खुल्यो त्रिशूली मन्दिर

महोत्तरी– शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि

बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा