म्यान्मामा सर्वसाधारणमाथि भएको सैन्य हमलाप्रति ‘कडा निन्दा’ « Khabarhub

म्यान्मामा सर्वसाधारणमाथि भएको सैन्य हमलाप्रति ‘कडा निन्दा’


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बिहीबार म्यान्माका सेनाले हालैका दिनहरूमा थुप्रै सर्वसाधारणको ज्यान लिने गरी पश्चिमी रखाइन राज्य र उत्तरी सागेन क्षेत्रमा गरेको हमलाको कडा निन्दा गरेका छन् ।

‘महासचिव गुटेर्रेसले म्यान्मा सेनाले नागरिकहरूको ज्यान लिने गरी रखाइन राज्यमा गरेको आक्रमणको कडा निन्दा गर्नुभएको छ,’ गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

अराकान आर्मी (एए) ले नोभेम्बरमा सत्तारूढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बल्झिएको हो ।

एएले करिब छ लाख उत्पीडित रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको रखाइन राज्य आफ्नो जातीय जनसङ्ख्याको थप स्वायत्तताका लागि लडिरहेको बताएको छ । 

यस हप्ता राज्यको राजधानी सिट्वेको उत्तरमा रहेको ब्येन फ्यु गाउँमा गरिएको खोजतलास र कारबाहीका क्रममा जुन्टा सेनाले ७० भन्दा बढी रखाइन नागरिकहरूको हत्या गरेको बताइएको छ । जुन्ताले भने उक्त दाबी केबल हल्ला भएको बताएको छ । 

रखाइन राज्यका विभिन्न भागमा फोन र इन्टरनेट सेवा काटिएसँगै यहाँका नागरिक सञ्चारको सुविधाबाट वञ्चित रहेका छन् । 

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १२ : १७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५