सामसुङले स्मार्ट औँठी ल्याउँदै , बजार मूल्य कति ?   « Khabarhub

सामसुङले स्मार्ट औँठी ल्याउँदै , बजार मूल्य कति ?  


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले फोल्ड तथा फ्लिप फोन अर्थात् स्मार्ट औँठी लञ्च गर्ने भएको छ ।

कम्पनीले यसको आधिकारिक मिति भने घोषणा गरिसकेको छैन, तथापि यससँग सम्बन्धित विभिन्न खुलासा युक्त समाचारहरू अन्तर्राष्ट्रिय मिडियाहरूमा आइरहेका छन् ।

रिपोर्टहरूलाई आधार मान्ने हो भने कम्पनीले जुलाईको सुरुवातमा फोल्डबेल फोन लञ्च गर्ने छ । यो औँठी प्लेटिनम चाँदी, सिरेमिक कालो, र सुन रंगमा बन्ने छ ।

पछिल्लो पटक सामसुङको उक्त विशेष सार्वजनिक करण समारोह Samsung Galaxy Unpacked Event सँग सम्बन्धित केही नयाँ विवरणहरू सार्वजनिक भएका छन् । जस अनुसार जुलाइमा कम्पनीले Galaxy Z Fold 6 तथा Galaxy Z Flip 6 सँगै Galaxy Ring नामबाट स्मार्ट औँठी सार्वजनिक गर्दैछ ।

यस स्मार्ट औँठीको मूल्य ३०० देखि ३५० डलरसम्म पर्नेछ । यसको सिधा प्रतिस्पर्धा फिनिस कम्पनी औराको Oura Ring सँग हुनेछ ।

औराको स्मार्ट औँठीको मूल्य २९९ डलरदेखि ५४९ डलरसम्म रहेको छ । भने यो औँठीको मासिक सब्सक्रिप्सन शुल्क वार्षिक ७१.८८ डलर छ ।

यसमा स्वास्थ्य तथा तन्दुरुस्ती ट्रयाकिङ फिचर हुने बताइएको छ । यद्यपि सामसुङको ग्यालेक्सी रिंगको बारेमा विस्तृत विवरण भने आइसकेको छैन ।

यो औँठीमा Spo2, मुटुको गति, निद्रालगायतका फिचर्स हुनेछन् साथै यसमा ब्लुटुथ ५.४ कनेक्टिभिटी हुनेछ।

समाचार श्रोत : अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा 

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १२ : ३४ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा