बालेनबारे ‌ओलीको कटाक्ष : भैंसीलाई चार लात्ती हाने भनेर झिँगो दंग परे जस्तै हो « Khabarhub

बालेनबारे ‌ओलीको कटाक्ष : भैंसीलाई चार लात्ती हाने भनेर झिँगो दंग परे जस्तै हो


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गिरीबन्धु टी स्टेट प्रकरणमा आफूलाई घेर्न गरेको कोसिसबारे जवाफ दिएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको सवाल-जवाफका क्रममा ओलीले बालेन्द्रले गिरीबन्धुमा आफूलाई गर्न खोजेको घेराबन्दी झिंगाले भैंसीलाई लात्ती हाने जस्तै भएको टिप्पणी गरे ।

‘भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो त्यसले थाहा पनि पाएको हुँदैन’, गिरीबन्धु प्रकरणमा आफूबारे बालेन्द्रले गरेको टिप्पणीलाई लिएर ओलीले भने, ‘यो त झिंगाले भैंसीलाई चार लात्ती हानेँ भनेर दंग परे जस्तै कुरा हो ।’

ओ‌लीले महानगरका मेयर बालेन्द्रतिर लक्षित गर्दै सबैले परिपक्व राजनीति गर्नुपर्ने बताए ।

‘राष्ट्रिय राजनीतिलाई एउटा परिपक्क, जिम्मेवार र सभ्य बनाउनुपर्छ, सही दिशामा लानु पर्छ’, उनले भने, ‘हामी सबैले मिलेर असभ्य राजनीतिलाई राम्रो बाटोतिर लानुपर्छ ।’

गत जेठ २१ गते बालेनले १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन ओलीसँग आग्रह गरेका थिए । उनले यसो भनेर ओलीलाई गिरीबन्धु टी-स्टेट प्रकरणमा मुछ्न खोजेका थिए ।

बालेनले झापास्थित गिरीबन्धु टी–स्टेटमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ भनेर थम्थम्याएको आरोप पनि ओलीमाथि लगाएका थिए ।

बालेनले महानगरले न्यूरोडमा बनाउन सुरु गरेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति जनाएका थिए । उनले न्यूरोडको सडक घटाएर थालिएको फुटपाथ विस्तार पनि ओलीकै निर्देशनमा सडक विभागले हस्तक्षेप गरेर रोकेको दाबी गरेका थिए ।

‘अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल–चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ’, उनले भनेका थिए, ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।’

उनले गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा ओलीको सहभागिताको इतिहास हेर्दा त्यहाँ ओलीलाई नभनी पात पनि नहल्लिने भनेका थिए।

उनले भनेका थिए– ‘समयमै गिरीबन्धु टी–स्टेटमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद !’

काठमाडौं महानगरका मेयर साहले पछिल्लो समय एमालेका कारण आफूलाई समस्या भएको तर्क गरिरहेका छन् । उनले न्यूरोडको फुटपाथ विस्तारमा रोकेपछि सडक विभागमा फोहोर धुलो फ्याँकि दिएका थिए ।

त्यसपछि उनले भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ ओलीको इशारामा चलेर आफूलाई अवरोध गर्न लागेको जिकिर पनि गरेका थिए।

साहको यो कार्यको एमाले बृत्तबाट विरोध भइरहेको छ । २०७९ वैशामा मेयर भएपछि बालकोट पुगेका साहलाई ओलीले तबला उपहार दिएको भन्दै एमाले नेताहरू शान्त भएर काम नगरी अनावश्यक हो-हल्ला गरेको आरोप लगाइरहेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १ : ३५ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का