तेस्रो कार्यकाल मोदी सरकार : सहयोगी दलबाट को–को बन्दै छन् मन्त्री ? | Khabarhub Khabarhub

तेस्रो कार्यकाल मोदी सरकार : सहयोगी दलबाट को–को बन्दै छन् मन्त्री ?


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली : भारतमा १८ औँ लोकसभा चुनावको मतपरिणाम सार्वजनिक भएसँगै सबैको नजर भावी सरकारतर्फ केन्द्रित छ । भारतीय जनता पार्टी (भाजपा) लोकसभा चुनावमा आफ्नै बलबुतामा २७२ सिटको आँकडा छुन चुकेपछि भावी सरकारबारे अनेक अड्कलबाजी चलिरहेको छ ।

भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ अर्थात् बहुमत सिट ल्याएको छ । तर आफूले बहुमत ल्याउन नसक्दा भाजपाले साना दलमा निर्भर हुनुपरेको छ ।

दिल्लीमा एनडीएले शुक्रबार संयुक्त बैठकको आयोजना गर्दैछ । उक्त बैठकमा नवनिर्वाचित सांसदहरुले मोदीलाई संसदीय दलको नेता चयन गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोदीलाई शुक्रबार एनडीएका नवनिर्वाचित सांसदहरुले संसदीय दलको नेता चयन गरे आइतबार पूर्ण क्याबिनेट (मन्त्रिपरिषद्) का साथ उनले राष्ट्रपति भवनमा शपथ लिन सक्ने सम्भावना छ ।

सरकार गठनपूर्व एनडीएमा सहभागी तेलुगु देशम पार्टी (टीडीपी) र जनता दल युनाइटेड (जेडीयू) जस्ता सहयोगीहरुसँग भाजपाको छलफल जारी छ । छलफलमा मन्त्रालयको संख्यादेखि विभागका नामलाई पनि अन्तिम रुप दिने प्रयास भइरहेको छ । यसैबीच सर्वसाधारणको ध्यान भने आगामी मन्त्रिपरिषद्का सदस्यहरुको सम्भावित सूचीतर्फ गएको छ ।

छोरालाई मन्त्री नबनाउने मुडमा शिंदे

भारतीय सञ्चारमाध्यमले स्रोतलाई उद्द्यृत गर्दै एनडीए गठबन्धन दल शिवसेनाका प्रमुख एकनाथ शिंदेले आफ्ना छोरा श्रीकान्त शिंदेको नाम मन्त्रीको सूचीमा समावेश नगर्ने उल्लेख गरेका छन् ।

शिवसेनाले केन्द्रीय मन्त्रीका लागि पार्टीका केही वरिष्ठ र अनुभवी सांसदहरुको नाममा परामर्श गरिरहेको छ । स्रोतका अनुसार शिवसेनाले केन्द्रीय मन्त्रीका लागि प्रताप राव जाधवको नाम प्रस्तावित गर्ने सम्भावना बढी छ । एनडीएले शिवसेना प्रमुख शिंदेलाई एक मन्त्री र एक राज्यमन्त्री दिने अधीक सम्भावना छ ।

टीडीपीको तयारी ?

भारतीय सञ्चारमाध्यमहरुका अनुसार चन्द्रबाबु नायडुको नेतृत्वमा रहेको तेलुगु देशम पार्टी केन्द्रीय मन्त्रिपरिषद्का लागि राममोहन नायडुलाई प्रस्ताव गर्न सक्छ ।

टीडीपीका तर्फबाट केन्द्रीय मन्त्रिपरिषद्मा कम्तिमा पनि तीनदेखि चार पद मिल्ने सम्भावना रहेको छ । स्रोतका अनुुसार टीडीपीलाई वित्त राजयमन्त्री र दुई–तीन अन्य मन्त्रालय मिल्ने देखिन्छ ।

जेडीयूबाट को–को?

जनता दल युनाइटेड (जेडीयू) ले यसपल्ट तीन क्याबिनेटमन्त्री र एक राज्यमन्त्री पदको अपेक्षा गरिरहेको छ ।

बिहारका मुख्यमन्त्री नीतिश कुमार नेतृत्वको जेडीयूको नजर कृषि, रेल, ग्रामिण विकास र जलशक्ति जस्ता बिहारको हितसँग जोडिएका मन्त्रालयमा देखिन्छ ।
यसका साथै नीतिश कुमारले आफ्नानिकट सहयोगीमध्येका सञ्जय झा र ललन सिंहलाई मन्त्री बनाउने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जोजपाबाट चिरागको नाम

लोकसभाका लागि ५ सिटमा उम्मेदवारी दिएर पाँचै सिटमा कब्जा जमाउन सफल लोक जनशक्ति पार्टी (लोजपा) को नजर पनि मोदी नेतृत्वको क्याबिनेटमा छ । उसले चिराग पासवानलाई केन्द्रीय मन्त्री बनाउने सम्भावना रहेको छ ।

मोदीले यसअघिका आफ्ना दुई कार्यकालमा लोजपाका सुप्रिमो रामविलास पासवानलाई क्याबिनेटमा स्थान दिएका थिए ।

कार्यवाहक प्रधानमन्त्री रहेका मोदीले आइतबार तेस्रो पटक भारतको प्रधानमन्त्रीका रुपमा शपथ लिन गइरहेका छन् । उनले बिहीबार राष्ट्रपति द्रोपदी मुर्मुलाई राजीनामा बुझाइसकेका छन् ।

मोदीले आफ्नो शपथ ग्रहण समारोहमा सहभागिताका लागि छिमेकी मुलुकका नेताहरुलाई आमन्त्रण गरिसकेका छन् । शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार भारत जाँदै छन् ।

उक्त समारोहमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघेलगायतको उपस्थिति रहने बताइएको छ । यद्यपि, मोदीका तर्फबाट शपथ ग्रहणको मिति र समय आधिकारीक रुपमा घोषणा भने गरिएको छैन ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  १ : ४२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार