एमाले कार्यालय अवलोकन गर्न पुगे माओवादी उपाध्यक्ष सापकोटा « Khabarhub

एमाले कार्यालय अवलोकन गर्न पुगे माओवादी उपाध्यक्ष सापकोटा


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)को सूचना प्रविधि व्यस्थापन तथा कार्यालय व्यवस्थापनबारे अध्ययन गर्न माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटा च्यासल पुगेका छन् ।

उनी शुक्रबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेर त्यहाँको कार्यालय व्यवस्थापन र सूचना प्रविधिको उपयोगबारे जानकारी लिएका हुन् ।

उनलाई एमाले उपमहासचिव विष्णु रिमालले एमालेको हेडक्वार्टर सञ्चालनबारेमा जानकारी गराएका थिए ।

एमाले केन्द्रीय कार्यालय सु-व्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै चलेको अनुभव आफूले अवलोकनका क्रममा पाएको सापकोटाले बताए ।

यसअघि चैत १५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एमालेको पार्टी कार्यालय भ्रमण गरेको थियो । रास्वपाका महामन्त्री डा. मुकुल ढकाल नेतृत्वको टोली च्यासलस्थित एमालेको पार्टी कार्यालय अवलोकन गरेको थियो ।

राजनीतिक दलको आन्तरिक प्रशासन एवम् व्यवस्थापनबारे ढकालको टोलीले एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको थियो ।

त्यसबेला ढकालको टोलीलाई एमालेका नेताहरूले पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरूबारे जानकारी दिएका थिए ।

नेपालमा राजनीतिक दलहरूमध्ये कार्यालयको सु-व्यवस्थित सञ्चालनमा एमाले अब्बल मानिन्छ । उसले च्यासलस्थित कार्यालयलाई आकर्षक रुपमा सजाएर सञ्चालन गर्दै आएको छ । अन्य दलहरू एमाले कार्यालय पुगेर कार्यालयको व्यस्थित सञ्चालनबारे जानकारी लिने गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  २ : ११ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको