रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने  « Khabarhub

रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने 


२५ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय चर्चित रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने भएका छन् ।

यस अघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी दिइएको छ । जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ ।

यस अघि यस शो का लागि संजय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो ।

बिग बोसको टेलिभिजनमा प्रसारण हुने शो को लोकप्रियतालाई ध्यान दिँदै यस अघि दुई सिजन ओटीटी संस्करण बनाइएको थियो ।  बिगबोस ओटीटीको पहिलो सिजना अभिनेत्री दिव्या अग्रवालले जितेकी थिइन् भने दोस्रो संस्करण युट्युबर एल्भिस यादवले जितेका थिए ।

यस सिजनमा नुपुर सेनन, तनुश्री दत्त, अनुषा डांडेकर, अहाना देओल, त्रिशाला दत्त, भाव्या गान्धी जस्ता सेलिब्रेटीले भाग लिने चर्चा रहेको छ । यस सिजनको बिगबोस ओटीटी जुन २१ देखि प्रसारण हुँदै छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  २ : ३० बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको