निर्वाचन प्रक्रियाबाट उम्मेदवार चयन गर्ने परिपाटीको विकास गरौँ : नेता साउद « Khabarhub

निर्वाचन प्रक्रियाबाट उम्मेदवार चयन गर्ने परिपाटीको विकास गरौँ : नेता साउद


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले चुनावको समयमा उम्मेदवार चयन गर्दा पार्टीमा देखिने विवाद मत्थर पार्न निर्वाचन प्रक्रियाबाट चयन गर्ने परिपाटीको विकास गर्नुपर्ने बताएका छन् ।

कांग्रेस जुम्लाले सदरमुकाम खलंगामा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले चुनावको समयमा निर्वाचन प्रक्रियाबाट उम्मेदवार चयन गर्दा पार्टीमा देखिने आन्तरिक विवाद न्यून गर्न सकिने बताएका हुन् ।

‘अब बिस्तारै हामी कहाँ एउटा परिपाटी के चलाउनु पर्ने आवश्यकता देखिएका छ भने कलेक्सन सिस्टमबाटै हामीले उम्मेदवार चयन गर्ने पद्दति विकसित गर्नुपर्छ,’ साउदले भने, ‘निर्वाचनका माध्यमबाट उम्मेदवार चयनको प्रक्रिया अपनायौँ भने विवाद कम हुन्छ ।’

उनले प्रजातन्त्रमा मान्छेको मन–मुटु जित्नु महत्त्वपूर्ण कुरा भएको भन्दै पार्टीलाई आरोप–प्रत्यारोपको परिपाटीबाट मुक्त हुने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

‘प्रजातन्त्रमा मान्छेको हर्ट एन्ड माइन्ड जित्नु महत्त्वपूर्ण छ । प्रजातन्त्रमा मान्छेको हृदय जित्नु, मान्छेका च्वाइसहरु भित्र आफू पर्न सक्नु अत्यन्तै महत्त्वपूर्ण छ,’ पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका साउदले भने, ‘त्यस कारण अब हामीले बिस्तारै आक्षेपको परिपाटीबाट मुक्त हुने किसिमले पार्टी सञ्चालन गर्नुपर्छ ।’

उनी केन्द्रीय सदस्यहरू डा. डिला संग्रौला, अब्दुल सतार र गोविन्दबहादुर शाहका साथ जेठ १८ गतेबाट लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा आयोजना भइरहेका कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

नेता साउद नेतृत्वको टोली जेठ १८ मा बाँके, १९ गते सुर्खेत, २० गते दैलेख, २१ गते कालिकोट, २२ गते मुगुमा पार्टीले आयोजना गरेका ‘कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम’मा सहभागी भइसकेको छ ।

शुक्रबार जुम्लामा रहेको उक्त टोली जेठ २७ गते जाजरकोट, २८ गते पश्चिम रुकुम, २९ गते सल्यान र ३० गते दाङमा आयोजना हुने पार्टीका कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको केन्द्रीय सदस्य डा. संग्रौलाले जानकारी दिइन् ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  २ : ५१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल