देशभरका सरकारी, सार्वजनिक र गुठी जग्गासम्बन्धी अभिलेखीकरण गरी पेश गर्न सरकारलाई निर्देशन « Khabarhub

देशभरका सरकारी, सार्वजनिक र गुठी जग्गासम्बन्धी अभिलेखीकरण गरी पेश गर्न सरकारलाई निर्देशन


२५ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण गरी पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण मा तीन तहबीच नीतिगत स्पष्टता नदेखिएको भन्दै  मुलुक भर रहेका त्यस्ता जग्गाहरूको यकिन अभिलेखीकरण गर्दै समितिमा पेश गर्न निर्देशन दिएको हो ।

बैठकले सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखीकरणका लागि आपसी समन्वयन तथा आवश्यकताका आधारमा देशभरि पुन नापी गरी व्यवस्थापन गर्न निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी पुराना अभिलेखिकरणहरुलाई संरक्षण गर्न पनि निर्देशन दिएको छ भने सरकारले उपलब्ध गराएका सार्वजनिक जग्गाहरूमा फरक प्रकृतिमा प्रयोग गर्ने, अनधिकृत रूपमा कब्जा गर्ने र व्यक्तिको सम्पत्तिको नाममा दर्ता गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही गर्न पनि भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति पोखरेलले जानकारी दिए ।

बैठकले सार्वजनिक जग्गा सम्बन्धी सम्पूर्ण विवरणको अभिलेखीकरण एकीकृत रूपमा राख्ने प्रणालीको विकास गर्न, सरकारी जग्गा लिजमा दिने सम्बन्धी खुकुलो कार्यनीतिगत व्यवस्थालाई पुनरावलोकन गर्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ३ : ५४ बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम