खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छ : रक्षामन्त्री उप्रेती « Khabarhub

खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छ : रक्षामन्त्री उप्रेती


२५ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बरहथवा– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाललाई नेपालको खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सर्लाहीको लालबन्दीमा दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराँते राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उनले खेल क्षेत्रमार्फत नेपालको पहिचान स्थापित हुँदै गएकाले यसको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘हिमालयको देश भनेर नेपालको पहिचान स्थापित भएजस्तै पछिल्लो समय खेल क्षेत्रले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित हुँदै छ तर विशेष गरी खेल क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न बाँकी छन् । यसतर्फ हामी सबै गम्भीर बन्नुपर्छ’, उनले भने।

खेलको माध्यमबाट विश्वमा नेपालको नाम उजागर गरेका खेलाडीको उचित संरक्षणका लागि पनि मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपाली खेलाडीले पोषण, आवश्यकताअनुसारको खेलमैदान पाएका छैनन् तथापि उच्च मनोबलका साथ देश विदेशमा गएर खेल खेल्नु सराहनीय छ’, मन्त्री उप्रेतीले भने,’अब नेपाल सरकारले पनि खेल क्षेत्र र खेलाडीको विकासका लागि काम अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ । यसमा तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ ।’

खेल क्षेत्रमा भौतिक पूर्वाधार र उपयुक्त वातावरण निर्माण गर्न नसक्नुका साथै खेलाडी पलायन तथा युवा खेलाडी दुव्र्यशनीमा लाग्ने समस्या देखिएकाले नयाँ योजनासहित संरक्षण, संवर्द्धन र प्रोत्साहनका योजनासहित राज्यले आवश्यक योजना अगाडि बढाउनुपर्ने खाँचो रहेको मन्त्री उप्रेतीको भनाइ छ ।

यसै गरी उनले मधेश प्रदेशको विकासका लागि महत्त्वपूर्ण मानिएको सुनकोशी मरिन डाइभर्सन, काठमाडौँ निजगढ द्रुतमार्ग निर्माण सम्पन्न भए यहाँको अवस्था बदल्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिए ।

 नेपाल क्योकुशिन–कान कराँते सङ्घले लालबन्दी–७ स्थित कृषि विकास बैंकको चौरमा आयोजित प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय क्लबका समेत गरी दुई सय ५० जना खेलाडी सहभागिता रहेको छ ।

क्योकुशिन–कान कराँते प्रशिक्षक शशि देवकोटा अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र र विजयी खेलाडीलाई प्रमाणपत्र, ट्रफी, मेडल र नगदसहित पुरस्कृत गरिनेछ । आयोजकले महिला तथा पुरुष खेलाडीलाई २५ केजीदेखि माथि विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउने जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ४ : ४९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का