खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छ : रक्षामन्त्री उप्रेती « Khabarhub

खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छ : रक्षामन्त्री उप्रेती


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बरहथवा– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाललाई नेपालको खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सर्लाहीको लालबन्दीमा दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराँते राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उनले खेल क्षेत्रमार्फत नेपालको पहिचान स्थापित हुँदै गएकाले यसको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘हिमालयको देश भनेर नेपालको पहिचान स्थापित भएजस्तै पछिल्लो समय खेल क्षेत्रले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित हुँदै छ तर विशेष गरी खेल क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न बाँकी छन् । यसतर्फ हामी सबै गम्भीर बन्नुपर्छ’, उनले भने।

खेलको माध्यमबाट विश्वमा नेपालको नाम उजागर गरेका खेलाडीको उचित संरक्षणका लागि पनि मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपाली खेलाडीले पोषण, आवश्यकताअनुसारको खेलमैदान पाएका छैनन् तथापि उच्च मनोबलका साथ देश विदेशमा गएर खेल खेल्नु सराहनीय छ’, मन्त्री उप्रेतीले भने,’अब नेपाल सरकारले पनि खेल क्षेत्र र खेलाडीको विकासका लागि काम अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ । यसमा तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ ।’

खेल क्षेत्रमा भौतिक पूर्वाधार र उपयुक्त वातावरण निर्माण गर्न नसक्नुका साथै खेलाडी पलायन तथा युवा खेलाडी दुव्र्यशनीमा लाग्ने समस्या देखिएकाले नयाँ योजनासहित संरक्षण, संवर्द्धन र प्रोत्साहनका योजनासहित राज्यले आवश्यक योजना अगाडि बढाउनुपर्ने खाँचो रहेको मन्त्री उप्रेतीको भनाइ छ ।

यसै गरी उनले मधेश प्रदेशको विकासका लागि महत्त्वपूर्ण मानिएको सुनकोशी मरिन डाइभर्सन, काठमाडौँ निजगढ द्रुतमार्ग निर्माण सम्पन्न भए यहाँको अवस्था बदल्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिए ।

 नेपाल क्योकुशिन–कान कराँते सङ्घले लालबन्दी–७ स्थित कृषि विकास बैंकको चौरमा आयोजित प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय क्लबका समेत गरी दुई सय ५० जना खेलाडी सहभागिता रहेको छ ।

क्योकुशिन–कान कराँते प्रशिक्षक शशि देवकोटा अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र र विजयी खेलाडीलाई प्रमाणपत्र, ट्रफी, मेडल र नगदसहित पुरस्कृत गरिनेछ । आयोजकले महिला तथा पुरुष खेलाडीलाई २५ केजीदेखि माथि विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउने जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ४ : ४९ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर