एनडीएको नेता चुनिए मोदी « Khabarhub

एनडीएको नेता चुनिए मोदी


२५ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बैठकमा एनडीएका सबै २९३ लोकसभा सांसद, राज्यसभा सांसदहरू र सबै राज्यका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए ।

रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्रीका लागि नरेन्द्र मोदीको नाम प्रस्ताव गरेका थिए भने अमित शाहले समर्थन र नितिन गडकरीले अनुमोदन गरेका थिए । त्यस्तै जेडीएस अध्यक्ष कुमारस्वामीले प्रस्तावलाई समर्थन गरेका थिए ।

एनडीएको बैठक सकिएपछि गठबन्धनका नेताहरूले आजै सरकार गठनको दाबी गर्ने छन् । मोदीले जुन ९ मा साँझ ६ बजे राष्ट्रपति भवनमा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने बताइएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ५ : २५ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो