एनडीएको नेता चुनिए मोदी | Khabarhub Khabarhub

एनडीएको नेता चुनिए मोदी


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

एनडीएमा रहेका १३ दलका नेताहरुको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बैठकमा एनडीएका सबै २९३ लोकसभा सांसद, राज्यसभा सांसदहरू र सबै राज्यका मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए ।

रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्रीका लागि नरेन्द्र मोदीको नाम प्रस्ताव गरेका थिए भने अमित शाहले समर्थन र नितिन गडकरीले अनुमोदन गरेका थिए । त्यस्तै जेडीएस अध्यक्ष कुमारस्वामीले प्रस्तावलाई समर्थन गरेका थिए ।

एनडीएको बैठक सकिएपछि गठबन्धनका नेताहरूले आजै सरकार गठनको दाबी गर्ने छन् । मोदीले जुन ९ मा साँझ ६ बजे राष्ट्रपति भवनमा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने बताइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ५ : २५ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड