सरकार बनाउन मोदीलाई राष्ट्रपतिको निम्तो, आइतबार साँझ प्रधानमन्त्रीको शपथ लिने « Khabarhub

सरकार बनाउन मोदीलाई राष्ट्रपतिको निम्तो, आइतबार साँझ प्रधानमन्त्रीको शपथ लिने


२५ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) बाट बहुमत जुटाएपछि राष्ट्रपति द्रौपती मुर्मुले नरेन्द्र मोदीलाई सरकार गठनका लागि निम्तो दिएकी छन् ।

शुक्रबार एनडीए गठबन्धनबाट प्रधानमन्त्री पदका लागि सर्वसम्मत भएपछि मोदीलाई राष्ट्रपतिले नयाँ सरकार गठनको निम्तो दिएकी हुन् ।

राष्ट्रपतिबाट सरकार गठनका लागि बोलावट भएपछि मोदीले सञ्चारमाध्यमलाई सम्बोधन गरेका छन् ।

यस क्रममा उनले १८ औँ लोकसभा एक प्रकारले नयाँ ऊर्जा, युवा ऊर्जा र केही गरेर देखाउने गरी आएको बताए । आजादीको अमृत महोत्सवपछि यो पहिलो लोकसभा चुनाव हो ।

मोदीले २०४७ सालमा देशले स्वतन्त्रताको १०० औँ वर्षगाँठ मनाउनुअघिसम्म भारतबासीको संकल्प पूरा गर्न आफूहरूसँग स्वर्णिम अवसर आएको पनि बताए ।

उनले देशवासीले एनडीएलाई एक पटक फेरि सेवा गर्ने मौका दिएको बताउँदै यसका लागि आभार व्यक्त गरे ।

उनले जुन गतिले देश अघि बढिरहेको छ त्यसले समाजका हर क्षेत्रमा परिवर्तन प्रष्ट देखिएको उल्लेख गरे।

२५ करोड जनता गरिबीबाट बाहिर आउनु भारतका लागि गर्वको विषय भएको उनले बताए ।

मोदीले १८ औँ लोकसभामा पनि उही पुरानै गति र समर्पण भावसहित देशको आशा-आकांक्षालाई पूर्ण गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

मोदीले एनडीएको बैठकमा सबै घटक दलले आफूलाई नेता चुनेको बताए । सबै दलले राष्ट्रपतिलाई समर्थनबारेमा जानकारी दिएको पनि उनले खुलाए । त्यसपछि राष्ट्रपतिले सरकार बनाउन आफूलाई डाकेको मोदीले बताए ।

त्यसपछि मोदीलाई आइतबार साँझ हुने शपथबारे पनि राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । शपथ ग्रहणको विस्तृत कार्यक्रम राष्ट्रपति भवनबाट जारी हुनेछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ३९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर