फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक « Khabarhub

फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक


२५ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मण सुवेदीको तेस्रो निर्देशकीय फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ ।

शुक्रबार युट्युबमार्फत सार्वजनिक २ मिनेट ३३ सेकेण्ड लामो टिजरले परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको बुझ्न सकिन्छ । छोरीले पनि परिवारप्रति आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने फिल्मको मूल कथा रहेको टिजरले बताउँछ ।

आगामी साउन ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छिन् भने रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको पनि अभिनय छ । फिल्मको टिजरबाट फिल्मको कथा मालिकामाथि नै केन्द्रित रहेको देखिन्छ ।

निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको फिल्ममा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ४९ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित