आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन | Khabarhub Khabarhub

आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन


२५ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपीएफ कमाण्ड तथा स्टाफ कलेज कठमाडौँमा संचालन भएको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहकाबीच शुक्रबार समापन गरेका हुन् ।

प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रोफेसर डा.कुशुम शाक्यले कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक श्याम रावतलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, सशस्त्र प्रहरी नायव उपरीक्षक मदन ढुंगानालाई ‘बेस्ट रिसर्च अवार्ड’ र सशस्त्र प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङ्गलाई ‘बेस्ट एकेडेमीक अवार्ड’ प्रदान गरेका थिए ।

महानिरीक्षक अर्यालले यस किसिमको शैक्षिक एवं व्यावसायिक ज्ञानले संगठनमा आवद्ध अधिकृतहरूको व्यावसायिक दक्षता अभिवृद्धि हुनुको साथै विद्यमान तथा नवीनतम सुरक्षा चुनौतीहरूलाई परास्त गर्न सक्ने योग्य कमाण्डर निर्माणमा समेत अहम् भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले सशस्त्र प्रहरी अधिकृतहरूले आफ्नो व्यावसायिक जीवनमा उपलब्धि हासिल गर्दै सांगठनिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै सांगठनिक लक्ष्य प्राप्तिका सबै क्षेत्रहरूमा अझ बढी क्रियाशील भई त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कोर्ष निरन्तर रूपमा संचालन गर्न सहयोग पुर्‍याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरू तथा सम्बन्धित सबैप्रति आभार प्रकट गरे ।

प्रोफेसर डा. कुशुम शाक्यले सुरक्षा चुनौतीहरूलाई सहज ढंगले परास्त गर्न शैक्षिक एवं व्यावसायिक ज्ञानको उच्चतम प्रयोग गर्दै देश र संगठनको हितमा कार्य गर्न तथा अधिकृतहरूको क्षमता अभिवृद्धि गराउन कोर्ष फलदायी रहने विश्वास व्यक्त गरिन् ।

६० हप्ता अवधिको सो कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक ९ र सशस्त्र प्रहरी नायव उपरीक्षक ५ गरी १४ जना अधिकृतहरूको सहभागिता रहेको थियो ।

समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक, सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ जेठ २०८१, शुक्रबार  ७ : ५९ बजे

इजरायली हमलामा परी दुई इरानी सञ्चारकर्मी मारिए

तेहरान- इरानी राज्य प्रसारक टेलिभिजन आईआरआईबीमा इजरायलले गरेको आक्रमणमा दुई

सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौं आइपुगे नवराज बोहरा (तस्बिरहरू)

काठमाडौं– जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेको नवराज

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

बेनी– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको

ट्रम्पको धम्कीपछि तेहरान छाड्ने बढे

काठमाडौं– जी ७ शिखर सम्मेलनमा भाग लिन क्यानडा जानुअघि अमेरिकी

बाजुराको छेडेदह ताल किनारमा खेल प्रशिक्षण

धनगढी– बाजुराको खप्तड छेडेदह गाउँपालिकाले छेडेदह अर्थात लभताल परिसरमा खेल