इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा « Khabarhub

इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

डसेलडोर्फमा गएराति भएको तेस्रो क्वार्टरफाइनल खेलमा स्वीट्जरल्याण्डलाई टाइब्रेक्ररमा ५–३ गोलले हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

९० मिनेटको निर्धारित समयमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

इंग्ल्याण्डका लागि कोल पाल्मार, जुड वेलिंघम, बुकायो साका, इभान टोनी र ट्रेन्ट एलेक्जन्डर अर्नोडले गोल गरेका थिए भने स्वीट्जरल्याण्डका फावियन स्चार, जार्दन साक्विरी र जाकी अम्बडोउनीको गोल सफल भएको थियो ।

यसअघि खेलको ७५औँ मिनेटमा स्वीट्जरल्याण्डका ब्रिल एम्बोलोले सुरुवाती गोल गरेका थिए । तर ८०औँ मिनेटमा बुकायो साकाले गोल गर्दै इंग्ल्याण्डलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

 

 

 

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : १७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल