सप्तकोशीमा जलसतह बढ्यो, ४१ ढोका खोलिए « Khabarhub

सप्तकोशीमा जलसतह बढ्यो, ४१ ढोका खोलिए


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

धरान– सप्तकोशी नदीको जलसतह बढेको छ । आज बिहान ६ गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव तीन लाख १६ हजार आठ सय क्युसेक पुगेको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढे पछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ।

पानीको बहाव एक लाख ५० हजार कट्दा पश्चिमतर्फ  र दुई लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : ०३ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर ८ गते मङ्गलबार बस्ने

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

भुरीगाउँ– कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल

चाँगुनारायण मन्दिरमा २ बजेदेखिनै भक्तजनको घुइँचो

भक्तपुर– नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन ऐतिहासिक

हरिबोधिनी एकादशी : तोरणले सजियो बागमती (तस्बिरहरू)

काठमाडौं– आज हरिबोधिनी एकादशी । काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा

भोटेकोशी विपद्लाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत

काठमाडौँ– नेपालले जलवायु परिवर्तनबाट प्रभावित हिमाली तथा पर्वतीय क्षेत्रका सवाललाई