भारतद्वारा रुसमा आलुमिनियम निर्यात | Khabarhub Khabarhub

भारतद्वारा रुसमा आलुमिनियम निर्यात


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले पहिलो पटक रुसतर्फ आलुमिनियम निर्यात गरेको पाइएको छ ।

भारतीय भन्सारले उपलब्ध गराएको तथ्यांकमा सन् २०२४ को अप्रिल महिनामा रुसतर्फ ४४ हजार ८ सय टन आलुमिनियम निर्यात गरेको उल्लेख छ ।

रुसी समाचार संस्था स्तुत्निकले जनाएअनुसार यसको मूल्य १ करोड ६५ लाख डलर हुन आउँछ ।

विश्वमा रुस आफैँमा महत्वपूर्ण आलुमिनियमको निर्यातकर्ता मुलुक हो ।

सन् २०२३ मा रुसले ६ अर्ब ५० करोड डलरभन्दा धेरैको आलुमिनियम निर्यात गरेको थियो ।

युक्रेनमा जारी युद्धलाई लिएर पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्ध लगाइरहेको अवस्थामा रुसलाई भारतले आलुमिनियम निर्यात गरेको घटनालाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ५८ बजे

तब्बुले खुलाइन् शाहरुखसँग फिल्म नखेल्नुको कारण

काठमाडौँ– बलिउड नायिका तब्बुले तीन दशकदेखि फिल्ममा सक्रियरुपमा काम गरिरहेकी

आज यी प्रदेशमा हुनेछ सामान्यदेखि मध्यम वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन ९ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन ९ गते बुधबार तदनुसार

आज २०८१ साल साउन ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन ९ गते बुधबार तदनुसार