पहिरोले प्रहरी चौकीमा क्षति « Khabarhub

पहिरोले प्रहरी चौकीमा क्षति


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ ।

सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो ।

मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले उक्त चौकी निर्माण गरेको हो । भवन भत्किएपछि त्यहाँ रहेका सुरक्षाकर्मीलाई अन्यत्र सार्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्मको टोली उद्धारमा खटिएको छ ।

प्रहरी चौकीमा पाँच सुरक्षाकर्मी बस्दै आएका थिए । पहिरोले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा समेत क्षति गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : ०५ बजे

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

कास्की– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली– नेपाल विद्युत प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण

जुम्लाको हिँयाखोलामा टेलिफोन ‘नेटवर्क’ मा समस्या

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले