एमाले संसदीय दलको बैठक : कांग्रेससँगको सहमतिबारे ब्रिफिङ गर्दै ओली « Khabarhub

एमाले संसदीय दलको बैठक : कांग्रेससँगको सहमतिबारे ब्रिफिङ गर्दै ओली


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक संसद् ‍भवन नयाँबानेश्वरमा बसिरहेको छ ।

नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसिरहेको बैठकमा अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाली कांग्रेससँग गत सोमबार भएको सम्झौताबारे ब्रिफिङ गर्दैछन् ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरूलाई औपचारिक रुपमा जानकारी गराइने प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छाडिसकेको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ ।

कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ ।

सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ११ : ०३ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही