एमालेको निर्णय : प्रचण्ड अल्पमतमा परेर कामचलाउ भइसके, तत्काल राजीनामा गरुन् « Khabarhub

एमालेको निर्णय : प्रचण्ड अल्पमतमा परेर कामचलाउ भइसके, तत्काल राजीनामा गरुन्


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पदमा बसिरहनु अनुचित हुने बताए ।

‘संसदीय दलले नयाँ सरकारका लागि कांग्रेसको पहलको स्वागत गरेको छ । कांग्रेसले स्थिर सरकार बनाउन खेलेको भूमिकामा लागि धन्यवाद दिएको छ’, उनले भने, ‘प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि स्पष्ट अल्पमतमा परेको छ। यो सरकारले अझै पनि राजीनामा दिएको छैन । यो सरकारले राजीनामा नदिनु गलत हो ।’

उनले प्रधानमन्त्री प्रचण्ड कामचलाउमा परिणत भइसकेको बताएका छन् । ‘कामचलाउ बनिसकेका प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नु आवश्यक छ’, उनले भने, ‘अल्पमतमा परेको सरकारले विभिन्न प्रकारका निर्णय गरिरहेको छ । यो सरकारले कुनै पनि निर्णय गर्न पाउँदैन। राष्ट्रहित र संविधान हितविपरीतका निर्णय नगर्न हामी आग्रह गर्छौँ ।’

प्रधानमन्त्री आजै र अहिले नै राजीनामा दिनुपर्ने पनि बताए । ‘उहाँले २८ गते संसद्‍मा विश्वासको मत माग्ने गरी पत्र पठाउनु भएको छ । २८ गते विपक्षमा एमालेले मतदान गर्छ’, उनले भने, ‘१० दिन, ७ दिन समय मागिरहनु भएको छ? देशलाई के का लागि त्यहाँ पुर्‍याउनु हुँदैछ। के का लागि अल्झाउन खोज्नु भएको छ । यो अनुचित कार्य हो ।’

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ११ : ५६ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६