किन खाने पोलेको मकै ? यस्ता छन् फाइदा « Khabarhub

किन खाने पोलेको मकै ? यस्ता छन् फाइदा


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोलेको मकै, त्यसमाथि नुन र हरियो खुर्सानी पिसेर त्यसमा दलेर खाँदाको यसको स्वाद कसलाई मन नपर्ला र ? अहिले पनि वर्षायाम छ । यो मौसममा कतिपय मानिस तातो–तातो मकै खान मन रुचाउँछन् । यो मौसममा पोलेको मकै खाँदा धेरै फाइदा पाउन सकिन्छ । अहिले गाउँबाट केही सामान मगाउँदा पोलेको मकै पनि पठाइदिनुस् है  भनेको पनि सुनिन्छ ।

वास्तवमै पोलेको मकै खाँदा यसले स्वादमा धेरै प्रकारको फाइदा हुन्छ । मकै पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्दछ । यस बाहेक पोलेको मकै खानुको के छ त फाइदा ?

– पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो ।
– यसमा पाइने पर्याप्त मात्राको एन्टिअक्सिडेन्टले बढ्दो उमेरको लक्षणलाई रोक्छ ।
– पोलेको मकैमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरसँग लड्न मद्दत गर्छ ।
– पोलेको मकैले बच्चाहरूको शारीरिक र मानसिक विकासमा फाइदाजनक मानिन्छ ।
– यसमा कोलेस्ट्रोलको मात्रा नगण्य हुन्छ, त्यसैले पोलेको मकै खाँदा मुटु स्वस्थ रहन्छ ।
– मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्दा रुघाखोकीमा फाइदा हुन्छ ।
– साथै यसले खोकी लागेको पनि निको हुन्छ ।
– मकै खाइसकेपछि त्यसको खोया भाँचेर सुँघ्दा रुघाखोकी पनि निको हुन्छ ।
– पोलेको मकै खाँदा दाँत बलियो हुन्छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : ५२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको