अविरल वर्षाका कारण कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या « Khabarhub

अविरल वर्षाका कारण कर्णाली राजमार्गको पहिरो पन्छाउन समस्या


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

जुम्ला– अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको हुल्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर वर्षात् भइरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ ।

सोही राजमार्गको कालीकोट तिलागुफा नगरपालिका–६ टिमुरे, गाल्जे र पिलिलगायतका ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । साँझसम्म सडक सञ्चालनमा आउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले जानकारी दिए  ।

प्रदेशका मुख्य पाँच राजमार्ग कर्णाली, मध्यपहाडी, मदन भण्डारी, राप्ती राजमार्ग र भेरी करिडोरका सडक अवरुद्ध छन् । कर्णाली राजमार्गमा चार, मध्यपहाडीमा चार र राप्ती राजमार्गमा दुई, मदन भण्डारीमा एक र भेरी करिडोरका तीन ठाउँमा बाढीपहिराले सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा पहिरो गएको छ । राजमार्गहरू अवरुद्ध भएपछि दुई दिनदेखि यात्रु अलपत्र परेका छन् ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : २१ बजे

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा