१० वर्षपछि वेब सिरिज ‘घर बट इन अमेरिका’ बाट अभिनयमा कमब्याक गर्दै अरुणिमा  « Khabarhub

१० वर्षपछि वेब सिरिज ‘घर बट इन अमेरिका’ बाट अभिनयमा कमब्याक गर्दै अरुणिमा 


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा बस्दै आएकी नायिका अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन् । वेब सिरिज ‘घर बट इन अमेरिका’को छायांकनमा उनी जोडिएकी छन् । सिरिजको छायांकन अमेरिकामै जारी छ ।

सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो फिल्म  ‘पिपल’मा अभिनय गरेकी थिइन् । त्यसयता उनी अमेरिकामा बस्दै आएकी छन् ।

सिरिजको निर्देशक बिमलेश अधिकारी हुन् । उनी स्वयम् यसको शीर्ष भूमिकामा छन् ।  उनले ‘ब्रेकफेल’बाट फिल्ममा डेब्यू गरेका थिए।

निर्देशक अधिकारीका अनुसार कमेडी-ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ ।

यसको लेखक विवेक चम्लागाईंले हुन् । गोप्य रूपमा लिभ-इन रिलेसनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा आधारित रहेको सिरिज बन्नेछ ।

अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय रहेको छ। यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यू गर्दै छन्।

सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजको अवधारणा पनि निर्देशक अधिकारी कै हो । पहिलो सिजन छायांकन पश्चात् मात्र सिरिज प्रसारण हुने माध्यमबारे जानकारी दिने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : ३६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको