१० वर्षपछि वेब सिरिज ‘घर बट इन अमेरिका’ बाट अभिनयमा कमब्याक गर्दै अरुणिमा  « Khabarhub

१० वर्षपछि वेब सिरिज ‘घर बट इन अमेरिका’ बाट अभिनयमा कमब्याक गर्दै अरुणिमा 


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा बस्दै आएकी नायिका अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्किएकी छन् । वेब सिरिज ‘घर बट इन अमेरिका’को छायांकनमा उनी जोडिएकी छन् । सिरिजको छायांकन अमेरिकामै जारी छ ।

सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो फिल्म  ‘पिपल’मा अभिनय गरेकी थिइन् । त्यसयता उनी अमेरिकामा बस्दै आएकी छन् ।

सिरिजको निर्देशक बिमलेश अधिकारी हुन् । उनी स्वयम् यसको शीर्ष भूमिकामा छन् ।  उनले ‘ब्रेकफेल’बाट फिल्ममा डेब्यू गरेका थिए।

निर्देशक अधिकारीका अनुसार कमेडी-ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ ।

यसको लेखक विवेक चम्लागाईंले हुन् । गोप्य रूपमा लिभ-इन रिलेसनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा आधारित रहेको सिरिज बन्नेछ ।

अमेरिकामा नै रहेका कलाकारहरू राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय रहेको छ। यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यू गर्दै छन्।

सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजको अवधारणा पनि निर्देशक अधिकारी कै हो । पहिलो सिजन छायांकन पश्चात् मात्र सिरिज प्रसारण हुने माध्यमबारे जानकारी दिने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : ३६ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६