योगेश भट्टराई भन्छन्- देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले एक ठाउँमा आएका हौँ  | Khabarhub Khabarhub

योगेश भट्टराई भन्छन्- देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले एक ठाउँमा आएका हौँ 


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस- एमाले एक ठाउँमा आउने गरेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि त्यही अभ्यास गरेको बताएका हुन् ।

देश आर्थिक रुपमा संकटमा रहेको र संविधानका केही विषयलाई सुधार गरेर अगाडि जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको उनले स्पष्ट गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफूहरू सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउँदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको आरोप लगाए ।

उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउन, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रियस्तरमा नेपालबारे विश्वास बढाउन कांग्रेस- एमाले मिलेर काम गर्ने बताए ।

उनले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा रहेको बताउँदै संवैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै सांसदबाट राजीनामा गर्नु नै सही निर्णय हुने बताउँदै उनले असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गरे ।

सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको डुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गरे ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : ४७ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका