प्रधानमन्त्रीको राजीनामा आउँदैन, भ्रष्टहरूले नैतिकता सिकाउनु पर्दैन : लेखनाथ दाहाल « Khabarhub

प्रधानमन्त्रीको राजीनामा आउँदैन, भ्रष्टहरूले नैतिकता सिकाउनु पर्दैन : लेखनाथ दाहाल


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का नेता एवम् प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कसैले भन्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने बताएका हुन् ।

‘कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन’, उनले भने, ‘संवैधानिक व्यवस्थाअनुसार नै सरकार अगाडि बढ्छ । कोही अनैतिक र भ्रष्टले नैतिकताको पाठ पनि सिकाइरहनु पर्दैन ।’

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान नै रहेको उनले बताए ।

त्यहीअनुसार प्रधानमन्त्री प्रचण्ड अगाडि बढेको उनले जिकिर गरे । संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन खोज्नुलाई अनैतिक भन्न नमिल्ने उनको तर्क छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  २ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया