एकीकृत समाजवादीले १० दिनभित्र केन्द्रीय कमिटी टुंगो लगाउने « Khabarhub

एकीकृत समाजवादीले १० दिनभित्र केन्द्रीय कमिटी टुंगो लगाउने


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी सदस्य चयनका लागि सिफारिस गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरूलाई दिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा केन्द्रीय कमिटी सदस्य चयनका लागि प्रदेशका इन्चार्ज र सचिवहरूलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

सिफारिस गरिएका सदस्यहरूको अन्तिम टुङ्गो केन्द्रीय कमिटी लगाउने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले अबको १० दिनभित्र केन्द्रीय कमिटीले पूर्णता पाउने र त्यसपछि पदाधिकारी चयन हुने बताए ।

खतिवडाले सर्वसम्मत नेतृत्व चयनको सन्देश जनताले पाइसकेको अवस्थामा पार्टीप्रति थप विश्वास खडा भएको जिकिर गरे ।

उनले आगामी निर्वाचनमा स्थानीय तहका साथै अन्य निर्वाचनमा पार्टीले उल्लेखीय सिट हासिल गर्ने भन्दै अहिले पार्टीप्रतिको आलोचनालाई सुझावका रुपमा ग्रहण गर्ने बताए ।

त्यस्तै खतिवडाले प्रधानमन्त्रीले विश्वासको मत लिदा आफ्नो पार्टीले पक्षमा मतदान गर्ने जानकारी पनि दिएका छन् ।

शुक्रबार सम्पन्न समाजवादीको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।

पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  २ : ५६ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु