एकीकृत समाजवादीले १० दिनभित्र केन्द्रीय कमिटी टुंगो लगाउने | Khabarhub Khabarhub

एकीकृत समाजवादीले १० दिनभित्र केन्द्रीय कमिटी टुंगो लगाउने


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी सदस्य चयनका लागि सिफारिस गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरूलाई दिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा केन्द्रीय कमिटी सदस्य चयनका लागि प्रदेशका इन्चार्ज र सचिवहरूलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

सिफारिस गरिएका सदस्यहरूको अन्तिम टुङ्गो केन्द्रीय कमिटी लगाउने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले अबको १० दिनभित्र केन्द्रीय कमिटीले पूर्णता पाउने र त्यसपछि पदाधिकारी चयन हुने बताए ।

खतिवडाले सर्वसम्मत नेतृत्व चयनको सन्देश जनताले पाइसकेको अवस्थामा पार्टीप्रति थप विश्वास खडा भएको जिकिर गरे ।

उनले आगामी निर्वाचनमा स्थानीय तहका साथै अन्य निर्वाचनमा पार्टीले उल्लेखीय सिट हासिल गर्ने भन्दै अहिले पार्टीप्रतिको आलोचनालाई सुझावका रुपमा ग्रहण गर्ने बताए ।

त्यस्तै खतिवडाले प्रधानमन्त्रीले विश्वासको मत लिदा आफ्नो पार्टीले पक्षमा मतदान गर्ने जानकारी पनि दिएका छन् ।

शुक्रबार सम्पन्न समाजवादीको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो ।

पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  २ : ५६ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ