जोन सिनाले लिए रेस्लिङबाट सन्यास | Khabarhub Khabarhub

जोन सिनाले लिए रेस्लिङबाट सन्यास


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकन अभिनेता तथा रेस्लर जोन सिनाले वल्र्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट सन्यास लिएको घोषणा गरेका छन् ।

क्यानडामा शनिबार राति सम्पन्न डब्लुडब्लूई मनी इन द बैंक प्रतिस्पर्धामा उपस्थित हुँदै सिनाले सन्यासको घोषणा गरेका हुन् ।

उनले भने, ‘आज म आधिकारिक रूपमा डब्यूडब्यूईबाट सन्यासको घोषणा गर्छु ।’

उनको सन्यासले आश्चर्यचकित बनेका समर्थकहरुले रेस्लिङमार्फत् आफूहरुलाई रमाइलो प्रदान गरेकामा धन्यवाद दिए ।

सन् २०२५ मा उनको बिदाइ टुर हुने बताइएको छ । जसमा उनी केही प्रतियोगिता सहभागी हुनेछन् ।

सिना सन् २००१ देखि रेस्लिङमा निरन्तर छन् । उनी कुशल रेस्लर हुन् । उनले १६ पटक विश्व च्याम्पियन बने ।

पत्रकार सम्मेलनमा शारीरिक अशक्तताले रेस्लिङबाट टाढा रहे पनि डब्यूडब्यूईबाट टाढा नरहने बताए ।

सिना अभिनेता पनि हुन् । उनले सन् २००६ मा ‘द मरिन’ फिल्मबाट अभियनमा डेब्यू गरेका थिए ।

उनले आधा दर्जनभन्दा बढी ठूला बजेटमा बनेका हलिउड फिल्ममा अभिनय गरेका छन् । बढ्दो उमेरका कारण सन् २०१८ देखि सिना डब्यूडब्यूईमा पार्ट टाइमका रुपमा सहभागी थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : २७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग