झरीबीच एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर, सयौँले गराए परीक्षण « Khabarhub

झरीबीच एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर, सयौँले गराए परीक्षण


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झरीबीच शनिबार नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिहान ८ देखि अपरान्ह ३ बजेसम्म चलेको शिविरमा ४२१ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् ।

शनिबार नै भएको बृहत रक्तदान कार्यक्रममा १२६ जना व्यक्तिहरुले रक्तदान गरेको र २७५ युनिट रगत संकलन भएको हस्पिटलले जनाएको छ ।

अस्पतालका निर्देशक एवं प्रशासन प्रमुख दीपकचन्द्र बरालले निशुल्क निशुल्क आँखा जाँच शिविरमा १८९ जना व्यक्तिहरूले सेवा लिएको र करिब ३० प्रतिशतको सामान्य दृष्टि समस्या देखिएको बताए ।

यस्तै करिब १० प्रतिशतमा मोतिविन्दु र ६० प्रतिशत व्यक्तिहरूको आँखा सुख्खा हुने समस्या पाइएको बताए । उनले शिविरमा जाँच गराउने १३० जनालाई निशुल्क चश्मा वितरण गरेको बताए ।

यस्तै शिविरमा ११२ जनाले मिर्गौला जाँच गराएका छन् । जसमा ५९ जना व्यक्तिहरूमा मधुमेह, कोर्टिकल सिस्ट, उच्च रक्तचाप जस्ता समस्या पाइएको छ ।

दन्त शिविरतर्फ १२२ जनाको जाँच तथा उपचार गरिएको छ । जाँच गराउन आउनेमा दाँत किराले खाने, गिजासम्बन्धी समस्या बढी देखिएको थियो ।

शिविरमा आएका सबैजनाको दन्त उपचार नसकिएपछि नाम लेखाएकालाई आगामी दुई महिनासम्म नि:शुल्क दन्त परीक्षण गरिने अस्पतालले जनाएको छ ।
यस्तै प्रयोगशाला परीक्षण तर्फ १६४ जनाको रगत जाँच गरिएको थियो । यता निशुल्क प्रयोगशाला परीक्षणमा १६४ जना व्यक्तिहरूले रगतको जाँच गरिएको थियो ।

त्यसमा ब्लड सुगर, युरिया, क्रियाटिनन् लगायतका जाँच भएको हस्पिटलले जनाएको छ । यस्तै सहुलियत दरको अल्ट्रासाउण्ड सेवामा १५२ जनाले सेवा लिएका छन् । सो अवसरमा २०० बढी महिलालाई नि:शुल्क स्यानिटरी प्याड वितरण भएको थियो ।

यसअघि शनिबार नै अस्पतालले ब्लड बैंक सेवा, हेमोडायलासिस सेवासँगै दन्त विभाग, नेत्र विभाग र आईसीयू विभागको शुभारम्भ गरेको छ ।

शुक्रबार मात्रै पदबाट राजीनामा दिएका स्वास्थ्य मन्त्री प्रदीप यादवले ती विभागहरूको उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामकुमार केसी वडा नं. १० का वडा सदस्य निरोज अर्याल लगायत उस्थित थिए ।

उक्त अवसरमा हस्पिटलले नेपालको आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै प्रा.डा. रामप्रसाद पोखरेल ‘आँखा बा’लाई सम्मान गरेको थियो ।

हस्पिटलका निर्देशक बरालले प्रतिकुल समयबीच पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरिएको बताए । उनले आगामी दिनमा पनि नागरिक लक्षित नि:शुल्क सेवा सञ्चालन गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : ३८ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका