झरीबीच एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर, सयौँले गराए परीक्षण « Khabarhub

झरीबीच एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर, सयौँले गराए परीक्षण


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झरीबीच शनिबार नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिहान ८ देखि अपरान्ह ३ बजेसम्म चलेको शिविरमा ४२१ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् ।

शनिबार नै भएको बृहत रक्तदान कार्यक्रममा १२६ जना व्यक्तिहरुले रक्तदान गरेको र २७५ युनिट रगत संकलन भएको हस्पिटलले जनाएको छ ।

अस्पतालका निर्देशक एवं प्रशासन प्रमुख दीपकचन्द्र बरालले निशुल्क निशुल्क आँखा जाँच शिविरमा १८९ जना व्यक्तिहरूले सेवा लिएको र करिब ३० प्रतिशतको सामान्य दृष्टि समस्या देखिएको बताए ।

यस्तै करिब १० प्रतिशतमा मोतिविन्दु र ६० प्रतिशत व्यक्तिहरूको आँखा सुख्खा हुने समस्या पाइएको बताए । उनले शिविरमा जाँच गराउने १३० जनालाई निशुल्क चश्मा वितरण गरेको बताए ।

यस्तै शिविरमा ११२ जनाले मिर्गौला जाँच गराएका छन् । जसमा ५९ जना व्यक्तिहरूमा मधुमेह, कोर्टिकल सिस्ट, उच्च रक्तचाप जस्ता समस्या पाइएको छ ।

दन्त शिविरतर्फ १२२ जनाको जाँच तथा उपचार गरिएको छ । जाँच गराउन आउनेमा दाँत किराले खाने, गिजासम्बन्धी समस्या बढी देखिएको थियो ।

शिविरमा आएका सबैजनाको दन्त उपचार नसकिएपछि नाम लेखाएकालाई आगामी दुई महिनासम्म नि:शुल्क दन्त परीक्षण गरिने अस्पतालले जनाएको छ ।
यस्तै प्रयोगशाला परीक्षण तर्फ १६४ जनाको रगत जाँच गरिएको थियो । यता निशुल्क प्रयोगशाला परीक्षणमा १६४ जना व्यक्तिहरूले रगतको जाँच गरिएको थियो ।

त्यसमा ब्लड सुगर, युरिया, क्रियाटिनन् लगायतका जाँच भएको हस्पिटलले जनाएको छ । यस्तै सहुलियत दरको अल्ट्रासाउण्ड सेवामा १५२ जनाले सेवा लिएका छन् । सो अवसरमा २०० बढी महिलालाई नि:शुल्क स्यानिटरी प्याड वितरण भएको थियो ।

यसअघि शनिबार नै अस्पतालले ब्लड बैंक सेवा, हेमोडायलासिस सेवासँगै दन्त विभाग, नेत्र विभाग र आईसीयू विभागको शुभारम्भ गरेको छ ।

शुक्रबार मात्रै पदबाट राजीनामा दिएका स्वास्थ्य मन्त्री प्रदीप यादवले ती विभागहरूको उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष रामकुमार केसी वडा नं. १० का वडा सदस्य निरोज अर्याल लगायत उस्थित थिए ।

उक्त अवसरमा हस्पिटलले नेपालको आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै प्रा.डा. रामप्रसाद पोखरेल ‘आँखा बा’लाई सम्मान गरेको थियो ।

हस्पिटलका निर्देशक बरालले प्रतिकुल समयबीच पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरिएको बताए । उनले आगामी दिनमा पनि नागरिक लक्षित नि:शुल्क सेवा सञ्चालन गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : ३८ बजे

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली

यी हुन् कायम भएका १८ मन्त्रालय (सूचीसहित)

काठमाडाैं – प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा सिटौला

कास्की – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट

हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए सूचना

त्रिशुली – नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर