बजेट संशोधनको माग गर्दै जसपा नेपालद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध « Khabarhub

बजेट संशोधनको माग गर्दै जसपा नेपालद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

जनकपुर– आगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

आजको बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची रहे पनि बैठक सुरू हुनासाथ जसपा नेपालका तर्फबाट प्रदेशसभा सदस्य राजुप्रसाद गुप्ताले असार १६ गते मुख्यमन्त्रीलाई बुझाइएका तीन बुँदे मागका बारेमा सरकारको आधिकारिक धारणा माग गरे ।

उनले बजेट संशोधनका लागि ध्यानाकर्षण पत्र बुझाउँदासमेत अहिलेसम्म सम्बोधन नभएकाले बैठक चल्न नदिने बताए ।

सभामुख रामचन्द्र मण्डलले गत शुक्रबारको बैठक अवरुद्धपछि विनियोजन विधेयक-२०८१ संशोधन गर्ने सहमति भइसकेकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

सांसद गुप्ताले बजेट संशोधनबारे छलफलपछि मात्रै बजेटबारे थप प्रक्रिया अगाडि बढ्ने बताएपछि जसपाका सबै सांसदहरूले उठेर अवरोध जारी राखे ।

त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरे  ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : ४२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी