डडेल्धुरामा पहिरो : एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द « Khabarhub

डडेल्धुरामा पहिरो : एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध, विद्यालय बन्द


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.9k
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा पहिरामा परी एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार शनिबार बेलुका पहिराबाट खसेको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको हो ।

लगातारको झरीले खानेपानीको मुहानमा क्षति पुग्दा धारामा पानी बन्द भएको थियो । मुहान सफा गर्ने क्रममा पहिराबाट खसेको ढुङ्गा लाग्दा शिक्षक पनेरुको घटनास्थलमा नै मृत्यु भएको छ । परशुराम वडा नं. ३ कै भातगाडा भनिने स्थानमा पानीको मुहान बनाउन गएका बेला माथिबाट खसेको पहिराको ढुङ्गा लाग्दा पनेरुको मृत्यु भएको प्रहरी नायब उपरक्षक कार्कीले बताए  ।

तीन दिनदेखि लगातार वर्षाका कारण तराई पहाड जोड्ने भीमदत्त राजमार्ग, डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्ग र बुडर–जोगबुडा जोड्न सडकमा क्षति भएको छ ।

भीमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१, शाहुखर्क, अमरगढी नगरपालिका–६, भालुमारेमा पहिरो खस्दा अवरुद्ध भएको हो । शाहुखर्कमा आज बिहान पहिरो खसेको थियो भने भालुमारेमा शनिबार राति नै पहिरो खसेको जनाइएको छ । डोजरले पहिरो हटाएपछि आज दिउँसोबाट राजमार्ग सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए  ।

उनका अनुसार आज बिहान सेती राजमार्गको रडुवामा पहिरो खस्दा केही समय राजमार्ग अवरुद्ध भएको थियो । पहिरो हटाएपछि सेती राजमार्ग पनि सञ्चालनमा आएको छ । तर शनिबारदेखि अवरुद्ध भएको बुडर–जोगबुडा सडक अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । सडकखण्डको सुनखोला नजिक माथिबाट पहिरो खसेको परशुराम नगरपालिकाका मेयर भरत जोशीले जनाकारी दिनुभयो । शनिबार राति खसेको पहिरो हटाउन सकिएको छैन ।

शुक्रबारदेखि लगातरको झरीले जनजीवन प्रभावित भएको छ । जिल्लाका भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाले एक सूचना जारी गरी विद्यालय बन्द गरिएको छ । बाढीपहिराको जोखिमलाई मध्यनजर गरी विद्यालय बन्द गरिएको अजयमेरुका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र ओझाले जानकारी दिए ।

विशेष कामबाहेक स्थानीय घरबाहिर निस्कन सकिरहेका छैनन् । खोलामा पानीको सतह बढ्दै गएको छ । यद्यपि डडेल्धुरामा खोला नालाले अहिलेसम्म क्षति नपुगाएको उनले जानकारी दिए । ग्रामीण कच्ची सडक पूर्णरुपमा बन्द रहेको छ ।

किसानले लगाएको मकैवालीमा वर्षाले ठूलो क्षति भएको छ । अविरल वर्षासँगै आएको हावाहुरीले मकैवाली नष्ट गरेको किसान बताउँछन् । किसानले लगाएको मकै सबै ढलेको छ । पानी पर्दा रोपाइँ गर्न सहज भए पनि मकैलगायत अन्य खेतीपातीमा भन क्षति पुगेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ५ : ५३ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो