कर्णालीमा अझै टरेन खतरा, अन्य ठूला नदीको बहाव विस्तारै घट्दै « Khabarhub

कर्णालीमा अझै टरेन खतरा, अन्य ठूला नदीको बहाव विस्तारै घट्दै


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको मनसुनी वर्षाका कारण बढेको जल सतहका कारण देशकै लामो नदी कर्णालीमा उच्च खतरा कायमै छ ।

डोटीको ठूलीगाढमा कर्णालीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले ठूलीगाड जलमापन केन्द्रमा कर्णाली नदी खतराको तहमाथि रहेको जनाएको छ ।

जहाँ निर्धारित खतराको तह ६.५ मिटर निर्धारण गरिएको छ । तर, आइतबार अपरान्ह पौने ६ बजेसम्म पनि ठूलीगाड जलमापन केन्द्रमा कर्णालीको जल सतह ८.७६ मिटरमा छ ।

कर्णाली नदीको बहाव बढिरहेकाले अझै पनि खतरा उच्च रहेको विभागले जनाएको छ । उक्त स्थानमा कर्णालीको सतर्कता तह ५.५ मिटर छ ।

तर अन्य नदीमा भने पानीको बहाव विस्तारै ओरालो लाग्दै गएको छ । महाकालीमा पनि पानीको बहाव ओरालिन थालेको छ ।

पारीगाउँ मापन केन्द्रमा अहिले पानीको बहाव ६.६७ मिटर छ।  जहाँ सतर्कताको तह ५.८० मिटर हो । यहाँ पानीको बहाव अहिले स्थिर रहे पनि खतरा टरिनसकेको विभागले जनाएको छ ।

यता  नारायणी नदीमा पनि पानीको बहाव स्थिर छ । नारायणीको देवघाट मापन केन्द्रमा अहिले पानीको बहाव ७.५६ मिटरमा छ । यहाँ सतर्कता तह ७.३ मिटर हो । नारायणीमा खतराको तह पानी ९ मिटरमा पुगेपछि मानिन्छ । अहिले यहाँ पनि पानीको बहाव स्थिर रहेको विभागले जनाएको छ । तर खतरा भने अझै टरिसकेको छैन ।

नारायणीको सहायक नदी रुद्रबेनी (गुल्मी) पनि अझै सतर्कता तहमाथि नै छ । रूद्रबेनीमा अहिले पानीको बहाव ३.८६ मिटरमा रहेको छ । यो नदीमा पानीको बहाव स्थिर रहे पनि खतराको जोखिम कायमै रहेको विभागले उल्लेख गरेको छ ।

सप्तकोशीमा पनि पानीको बहाव स्थिर रहेको विभागले जनाएको छ । सप्तकोशीमा आइतबार बिहान ५६ वटै ढोका खोलिएको थियो। तर त्यहाँ पनि अहिले पानी चेतावनी तहबाट तल रहेको विभागले जानकारी दिएको छ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : ०५ बजे

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन