गौतमबुद्ध क्रिकेट रंगशाला बन्ने निश्चित, ठेकेदार कम्पनीसँग महानगरको सम्झौता | Khabarhub Khabarhub

गौतमबुद्ध क्रिकेट रंगशाला बन्ने निश्चित, ठेकेदार कम्पनीसँग महानगरको सम्झौता


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

चितवन- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र ठेकेदार कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको छ ।

आइतबार महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र निर्माण कम्पनीको तर्फबाट विकास गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्र महानगर प्रमुख रेनु दाहाल र कम्पनीका विकास गौतमले आदान–प्रदान गरे ।

त्यस क्रममा प्रमुख दाहालले समयमै निर्माणको काम सक्न निर्माण कम्पनीलाई आग्रह गरिन् ।

सम्झौता पत्र आदानप्रदान कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पौडेल, वरिष्ठ इन्जिनियर सन्तोष आचार्य उपस्थित थिए ।

सम्झौता पत्रमा २०८३ पुस २२ गतेभित्रमा निर्माण सक्ने उल्लेख छ । रंगशाला निर्माणको लागत भ्याट र पीएससहित ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ छ ।

रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाइने छ ।

एउटामा भीआईपी कक्षा र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । धुर्मुस–सुन्तली फाण्डेशनले निर्माण रोक्नुअघि ५ हजार क्षमताको प्याराफिट निर्माण भइसकेको छ ।

महानगरले रंगशाला निर्माणका लागि दोस्रो पटक बोलपत्र आह्वान गर्दा १२ वटा कम्पनीले दाबी पेश गरेका थिए । जसमा हिमालयन कालिञ्चोक-बीबीआर जेभी छनोट भएको हो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : ४६ बजे

मेटमणिले प्रचण्डलाई सान्तवना दिँदा देउवा मुस्कुराए, खड्काले छुटाए हाँसोको फोहरा

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल

मेटमणिको प्रचण्डलाई सुझाव- देउवासँग सम्बन्ध नबिगार्नु होला, चार महिनापछि तपाइँ नै आउने हो

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल

गृहमन्त्रीले सुशासनका कुरा गरेर संसदमा झुटो बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

प्रचण्डलाई सांसद शाहीको चेतावनी- जातजाति उचालेर राजनीतिक रोटी सेक्न बन्द गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले

कांग्रेस-एमालेलाई रविको कटाक्ष- व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय लेपन नलगाउनू

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा