जिम्बाबेविरुद्ध भारतको फराकिलो जित, अभिषेकले बनाए शतक « Khabarhub

जिम्बाबेविरुद्ध भारतको फराकिलो जित, अभिषेकले बनाए शतक


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी–२० खेलमा जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो ।

भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो ।

जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्बाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए । त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर मुकेश कुमार र अभेश खानले ३–३ विकेट लिएका थिए भने रवि बिश्नोईले २ तथा वाशिंगटन सुन्दरले एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनाएको थियो । भारतका लागि दोस्रो टी२० खेल खेलिरहेका अभिषेक शर्माले शतक प्रहार गरेका थिए उनले ४७ बलमा १०० रन बनाएका थिए ।

त्यस्तै रुतुराज गायकवाडले अविजित ७७ रन बनाए भने रिंकु सिंहले २२ बलमा ४८ रन बनाएका थिए ।यो जितपछि भारतले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । यस अघि पहिलो खेल जिम्बाबेले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ५८ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ