पेरिस ओलम्पिकमा अमेरिका पहिलो हुने बाटोमा अघि बढेको छ। मङ्गलबार टुङ्गो लागेका मध्ये अमेरिकाले ३ स्वर्ण पदक जितेको हो। पहिलो स्थानमा रहेको अमेरिकाले २४ स्वर्ण जित्दा दोस्रो स्थानको चीनले २२ स्वर्णमात्र पाएको छ ।
पुरुष १५ सय मिटर दौडमा अमेरिकाका कोल हकरले स्वर्ण, बेलायतका जोस करले रजत तथा अमेरिकाका यारे नगर्डले कास्य पदक जिते। हकरको यो स्वर्ण अनुमान गरे भन्दा नितान्त भिन्न थियो। विश्व च्याम्पियन कर र साबिक ओलम्पिक स्वर्ण पदक विजेता नर्वेका ज्याकोब इन्ग्रेस्टिनलाई मुख्य दाबेदार थिए। उनीहरूले चासो नदिएमा हकरले त सफलता पाए। ज्याकोबलाई पदक नै पाउनु भने कल्पना गरे भन्दा एकदमै फरक थियो।
महिलाको तीन सय मिटर स्टीपल चेजमा बहराइनकी विनफ्रेड यभीले स्वर्ण पदक जितिन्। इथियोपियाकी पेरुथ चेमुटाईले रजत तथा केन्याकी फेथ चेरोटिकले कास्य पदक जिते।
महिला २०० मिटर दौडमा अमेरिकी गेबी थोमसले स्वर्ण पदक जितिन्। सो स्पर्धामा पनि सेन्ट लुसियाकी जुलियन अलफ्रेडले रजत पदक जितिन्। सय मिटर दौडमा पहिलो भएर संसारलाई चकित तुल्याएकी अलफ्रेडले दुई सय मिटरमा पनि धेरै समय अग्रता लिएकी थिइन्। थोमसले अन्तिम समयमा अलफ्रेडलाई पछि पारेकी हुन्।
एथलेटिक्सको महिला ह्यामर थ्रोमा क्यानडाकी काम्रियन रोजर्सले स्वर्ण पदक जितिन्। सो स्पर्धामा अमेरिकाकी अनेट अनेकाले रजत तथा चीनकी झाओ जीले कास्य पदक जिते। पुरुष लङ जम्पमा ग्रिसका मिमिटिडियास टेन्टेग्लाउले स्वर्ण, जमैकाका वानपिककले रजत तथा इटालीका माटिया फुलानीले कास्य पदक जिते।
अमेरिकालाई अग्रता दिलाउने क्रममा महिला ६८ किलो फ्रिस्टाइल कुस्तीमा अमिट एलोरले स्वर्ण पदक जितिन्। सो स्पर्धामा काजकिस्तानकी मेरिट झकोन्कोभाले रजत पदक जितिन्। जापानकी ओजाकी नानोका र टर्कीकी विस काभे सोङ्ललु कास्य पदक जिते।
कुस्तीकै पुरुष १३० किला ग्रिकोरोमनमा स्वर्ण पदक क्युबाका मिलान लोपेजले जिते। उनले फाइनलमा चिलीका यास्मिन अकोस्टालाई हराए। सो स्पर्धामा चीनका मेङ झीङले र इरानका मेरिद जाजाजेले कास्य पदक जिते।
पुरुष ६० किलो ग्रिको रोमनमै जापानका फुमिता मेमिचिरोले स्वर्ण, चीनका काओ लिगाओले रजत तथा उत्तर कोरियामा रिसे उङ र काजकिस्तानका झोलेमान सार्सेनबेकोभले कास्य पदक जिते।
बक्सिङको ६० किलो ग्रिको रोमनमा चीनकी वाङ यनलुलाई हराउँदै आयरल्यान्डकी केली हेरिङटनले स्वर्ण पदक जितिन्। लगातार दोस्रो पटक ओलम्पिक स्वर्ण पदक जितेपछि हेरिङटनले सन्यासको घोषणा समेत गरेकी छिन्।
स्केट बोर्डिङको महिला पार्कमा अस्ट्रेलियाकी एरिसा ट्रिउले स्वर्ण, जापानकी हिराकी कोकोनाले रजत तथा बेलायतकी स्काइ ब्राउनले कास्य पदक जिते।
साइक्लिङको महिला टिम स्प्रिन्टमा नेदरल्यान्ड्सले स्वर्ण, बेलायतले रजत तथा अस्ट्रेलियाले कास्य पदक जित्यो। डाइभिङको महिला १० मिटर प्लेटफर्ममा चीनका क्वान होङचङले स्वर्ण, चेन युजीले रजत तथा उत्तर कोरियाको किम इराईले कास्य पदक जिते।
इक्वेस्ट्रियनको जम्पिङ एकलमा जर्मनीका क्रिस्चियन कुकुले स्वर्ण, स्विट्जरल्यान्डका स्टिभ गुरेगार्डले रजत तथा नेदरल्यान्ड्सका माइकल भानले कास्य पदक जिते।
पेरिस ओलम्पिकमा धेरै खेल सकिएका छन्। बुधबार तेक्वान्दो र भारोत्तोलन पनि सुरु हुने छन्। धेरै टिम गेम अन्तिम चरणमा पुगेका छन्। महिला फुटबलको फाइनलमा अमेरिका र ब्राजिल प्रवेश गरेका छन्। फाइनल प्रवेशको क्रममा अमेरिकाले अतिरिक्त समयमा गोल गर्दै जर्मनीलाई १-० ले हराएको हो। यसैगरी विश्व च्याम्पियन स्पेनलाई ४-२ ले हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ।
अमेरिका सन् २०१२ पछि पहिलो पटक ओलम्पिकमा फुटबलमा फाइनलमा प्रवेश गरेको हो। अमेरिकालाई जित दिलाउने क्रममा सोफिया स्मिथले शानदार गोल गरेकी थिइन्। रियो ओलम्पिकको स्वर्ण पदक विजेता अन्तिम समयमा गोलको नजिक पुगे पनि लाउरा फ्रेफाङको हेडलाई अमेरिकाकी गोलरक्षक अलसाह नेसरले बचाएकी थिइन्।
सन् २००८ पछि पहिलो पटक अमेरिका र ब्राजिलको बिचमा उपाधिका लागि भिडन्त हुन लागेको हो। ब्राजिललाई जित दिलाउने क्रममा जाबी पोर्टिल्हो, आड्रियाना र केरोलिनले गोल गरे। स्पेनका लागि साल्मा पराउलाले दुवै गोल गरिन्। छैटौँ मिनेटमा इरेन पेरेडेसको आत्मघाती गोल गरेपछि ब्राजिलले पहिलो अग्रता लिएको थियो।
बुधबार म्याराथनको रेस वाक रिलेबाट ओलम्पिक खेलको सुरुवात हुनेछ। यसै दिन सेलिङका ५ स्पर्धाको स्वर्ण पदकको टुङ्गो लाग्ने छ। भारोत्तोलन र स्केट बोर्डिङको पनि प्रतिस्पर्धा हुनेछ। स्पोर्ट्स क्लाइम्बिङका साथ महिला पोल भोल्टको स्पर्धा पनि बुधबार नै हुनेछ। साइक्लिङको दुई स्पर्धाको टुङ्गो बुधबार नै लाग्ने छ । कुस्ती र बक्सिङका केही पदकको टुङ्गो बुधबार नै लग्ने छ।
ओलम्पिक खेल महोत्सव अन्तिम समयमा आइपुग्दा धेरै टिम गेम अन्तिम चरणमा पुगेका छन्। टिम गेममा बास्केटबल, भलिबल, ह्यान्डबल, हक्की, फुटबल र वाटर पोलोका धेरै जसो क्वार्टर फाइनलसम्मको खेल सकिएका छन्। केही एकाध मात्र बाँकी छन्।
तीन वर्षअघि भएको टोकियो ओलम्पिकमा पनि अमेरिका र चीनको बिचमा १ स्वर्ण पदकको फरक रहेको थियो। त्यस ओलम्पिकमा अन्तिम दिनसम्म पनि चिनियाँ अग्रता कायम थियो। अन्तिम समयमा टिम गेमको परिणामले नै अमेरिकाले चीनलाई उछिनेको थियो।
फुटबल, वाटर पोलो र बास्केटबल अमेरिकाले अपेक्षा गर्न सक्ने खेल हुन्। यसमा बास्केटबलमा त अमेरिका प्रबल दाबेदार हो भने फुटबलको फाइनल प्रवेश गरिसकेको छ। वाटर पोलोको महिला स्पर्धामा पनि अमेरिका बलियो मानिएको छ। भलिबलमा सेमिफाइनल प्रवेश गरिसकेको छ। स्रोतः ओलम्पिक, बिबिसी, सिएनएन
प्रतिक्रिया