टीआरसी कार्यदलको प्रतिवेदनबारे प्रचण्डको प्रतिक्रिया- नयाँ सरकार बनेपछिको राम्रो काम « Khabarhub

टीआरसी कार्यदलको प्रतिवेदनबारे प्रचण्डको प्रतिक्रिया- नयाँ सरकार बनेपछिको राम्रो काम


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले जुटाएको सहमतिलाई नयाँ सरकार गठनपछिको राम्रो काम भनेका छन् ।

कार्यदलको प्रतिवेदन बुधबार सिंहदरबारमा बुझ्ने क्रममा दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । कार्यदलको प्रतिवेदनका आधारमा टीआरसीसम्बन्धी विधेयक संसद्बाट पारित भएर शान्ति प्रक्रियाका बाँकी काम सकिने पनि उनले बताए ।

‘यसमा विगतदेखि नै सहमितको प्रयास गरिएको थियो’, उनले भने, ‘कार्यदलले जुटाएको सहमति नयाँ सरकार बनेपछिको एउटा राम्रो कामका रुपमा मैले लिएको छु ।’

प्रतिवेदनलाई संसद्‍को वैधानिक प्रक्रियाबाट टुङ्गो लगाई नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश दिनु पर्ने पनि उनले बताएका छन् ।

उता नेपाली कांग्रेसका सभापति देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैँले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ४५ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही