टीआरसी कार्यदलको प्रतिवेदनबारे प्रचण्डको प्रतिक्रिया- नयाँ सरकार बनेपछिको राम्रो काम « Khabarhub

टीआरसी कार्यदलको प्रतिवेदनबारे प्रचण्डको प्रतिक्रिया- नयाँ सरकार बनेपछिको राम्रो काम


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले जुटाएको सहमतिलाई नयाँ सरकार गठनपछिको राम्रो काम भनेका छन् ।

कार्यदलको प्रतिवेदन बुधबार सिंहदरबारमा बुझ्ने क्रममा दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । कार्यदलको प्रतिवेदनका आधारमा टीआरसीसम्बन्धी विधेयक संसद्बाट पारित भएर शान्ति प्रक्रियाका बाँकी काम सकिने पनि उनले बताए ।

‘यसमा विगतदेखि नै सहमितको प्रयास गरिएको थियो’, उनले भने, ‘कार्यदलले जुटाएको सहमति नयाँ सरकार बनेपछिको एउटा राम्रो कामका रुपमा मैले लिएको छु ।’

प्रतिवेदनलाई संसद्‍को वैधानिक प्रक्रियाबाट टुङ्गो लगाई नेपालीमाझ शान्ति, स्थायित्व र विकासका सन्देश दिनु पर्ने पनि उनले बताएका छन् ।

उता नेपाली कांग्रेसका सभापति देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैँले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिइ विश्वलाई अनुकरणीय उदाहरण दिएको बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १२ : ४५ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६