अन्तर विद्यालय कला-साहित्य प्रतियोगिता आयोजना हुँदै « Khabarhub

अन्तर विद्यालय कला-साहित्य प्रतियोगिता आयोजना हुँदै


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद गंगालाल फाउन्डेसनको आयोजनामा ‘रचनात्मक क्षितिज : सहिदप्रति सम्मान’ कार्यक्रमअन्तर्गत उपत्यका स्तरीय कला- साहित्य अन्तर विद्यालय प्रतियोगिता आयोजना हुने भएको छ । सांस्कृतिक सचेतना, प्रतिभा पहिचान, सामुदायिक संलग्नता र बौद्धिक विमर्श गर्ने उद्देश्यले उक्त प्रतियोगिता हुन लागेको हो । 

नेपालको सांस्कृतिक विविधता र सम्पदामा केन्द्रित रहने प्रतियोगितामा निबन्ध, कविता, बक्तृत्वकला र चित्रकला गरी चार विधामा प्रतिस्पर्धा हुने संस्थाका महासचिव सूर्यदीप प्रसाद श्रेष्ठले जानकारी दिए ।

यही भाद्र १४ गते हुने सो प्रतियोगिता अन्तर्गत चित्रकलामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहनेछ भने अन्य तीन विधामा ८ देखि १० कक्षाका विद्यार्थीको सहभागिता रहने महासचिवले श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुनेहरूलाई नगद १० हजार रूपैयाँसहित पुरस्कृत गरिनेछ भने दोस्रो र तेस्रो प्रतियोगी पनि पुरस्कृत हुने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा प्रथम हुनेहरूले माघ १६ मा हुने सहिद दिवसको मूल समारोहमा आफ्नो बक्तृत्वकला प्रस्तुत गर्नेछन् । विजयी चित्रकला सोही कार्यक्रममा प्रदर्शनमा राखिनेछ । यसैगरी पुरस्कृत निबन्ध र कविता संस्थाको जर्नलमा प्रकाशित गरिनेछ ।

भाद्र १४ गते काठमाडौं भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा हुने यो प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले यही साउन ३२ गतेसम्ममा आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ । निजी विद्यालयको हकमा रू ५ हजार शुल्क लाग्नेछ । इच्छुक विद्यालयले संस्थाको टेलिफोन ०१५३८८११३ मा सम्पर्क गर्नुपर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १ : ३८ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं