चार चिनियाँ नागरिक बोकेर रसुवातर्फ उडेका थिए पाइलट अरुण मल्ल « Khabarhub

चार चिनियाँ नागरिक बोकेर रसुवातर्फ उडेका थिए पाइलट अरुण मल्ल


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एयर डाइनेस्टीका पाइलट अरुण मल्ल बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चारजना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाका लागि उडेका थिए ।

त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै मल्लले चलाएको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

नागरिक उड्ययन प्राधिकरण उपमहानिर्देशक हंसराज पाण्डेका अनुसार एयर डाइनेस्टीको नाइन एन-एजेडी कलसाइन हेलिकप्टर रसुवातर्फ जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाइलटसहित पाँचजनाको शव भेटिएको पुष्टि गरे ।

डीएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए ।

को को थिए ?

क्याप्टेन-अरुण मल्ल

चिनियाँ पर्यटकहरू

१. जुदाड टाङ (पुरुष),
२. जिली (पुरुष),
३. जेमिङ सी (पुरुष)
४। यियाद वु (महिला)

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ३ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको