माओवादी अपहरण र दुई दुर्घटनामा बाँचेका क्याप्टेन अरुण शिवपुरीमा अस्ताए « Khabarhub

माओवादी अपहरण र दुई दुर्घटनामा बाँचेका क्याप्टेन अरुण शिवपुरीमा अस्ताए


२३ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


50.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एअर डाइनेस्टीको नाइनएन-एजेडी एअरबस हेलिकप्टर दुर्घटना हुँदा बुधबार दिउँसो चार चिनियाँ पर्यटकसँगै क्याप्टेन अरुण मल्लले ज्यान गुमाए ।

नुवाकोटको शिवपुरी गाउँपालिका-७, सूर्यचौर जङ्गलमा भएको उक्त दुर्घटनामा रसुवाको स्याफ्रुबेँशीतर्फ जाँदै गरेको हेलिकप्टरमा सवार क्याप्टेन मल्लसहित पाँचै जनाको मृत्यु भएको हो ।

माओवादीद्वारा अपहरण

हेलिकोप्टर उडानमा निकै अनुभवी र पोख्त पाइलटका रूपमा चिनिएका मल्लले यसअघि नै पटकपटक मृत्युसँग साक्षात्कार गरेका थिए । एकपटक युद्धरत तत्कालीन नेकपा माओवादीको कब्जाबाट र दुईपटक हेलिकप्टर दुर्घटनाबाट उनी उम्किएका थिए ।

तत्कालीन विद्रोही माओवादीले वि.सं. २०५९ भदौ २४ गते सोलुखुम्बुको जुबुस्थित प्रहरी चौकीमा आक्रमण गर्दा क्याप्टेन मल्ल घाइतेको उद्दारमा खटिएका थिए । त्यतिखेर सञ्‍चालित कर्णाली एअरको मेडिभ्याक हेलिकप्टर उडाएर उनी जुबु पुगेका थिए ।

रसियाबाट हेलिकोप्टर उडान तालिम लिएका मल्लले माओवादी आक्रमणमा घाइते भएका चारजना बिरामीलाई उपचारका लागि काठमाडौं ल्याउन खोज्दै थिए । तर, तत्कालीन विद्रोही माओवादीले हेलिकप्टरमै आक्रमण गरे । आगो लगाउनुअघि माओवादीहरूले हेलिकप्टरबाट पाइलट र चारजना बिरामीलाई बाहिर निकालेका थिए ।

उनीहरूले पाइलट मल्ल र एक घाइतेलाई अपहरण गरेका थिए भने अन्य तीनलाई छाडिदिएका थिए । अपहरणमा परेको केही दिनपछि पाइलट मल्ललाई पनि माओवादीले कब्जाबाट मुक्त गरेका थिए ।

जोगिएका थिए दुई दुर्घटनामा

मल्लले दोस्रोपटक २०७० असोज १० गते बिहान ८ बजेर २० मिनेट जाँदा सोलुखुम्बुकै लुक्लामा मृत्युलाई पराजित गरेका थिए । दुई यात्रु लिएर तेञ्जिङ हिलारी विमानस्थलको हेलिप्याडमा ल्याण्ड गर्न खोज्दा मल्लले उडाएको हेलिकप्टर विमानस्थलको तारबारमा ठोक्किएको थियो ।

त्यतिखेर मल्लले डाइनेस्टी हेलिसर्भिसेसको नाइनएन–एइएक्स हेलिकप्टर उडाएका थिए । उक्त दुर्घटनामा दुई यात्रु घाइते भएका थिए भने क्याप्टेन अरुण र सोनाम छिरिङ शेर्पाको सकुशल उद्दार भएको थियो ।

क्याप्टेन मल्ल तेस्रोपटक २०७९ चैत २९ गते हवाई उडानकै क्रममा मृत्युमाथि हावी हुन सफल भएका थिए । आज नुवाकोट सूर्यचौरमा दुर्घटना भएकै हेलिकोप्टर त्यस दिन ह्याम्स अस्पतालको छतमा अवतरण क्रममा दुर्घटनामा परेको थियो ।

उक्त दिन क्याप्टेन मल्लले त्रिभुवन विमानस्थलबाट उडाएर ह्याम्स अस्पतालको छतमा हेलिकोप्टर अवतरण गराउँदै थिए । बिरामी लिन चितवन भरतपुरतर्फ जान चिकित्सक टोली लिन उनी अस्पतालको हेलिप्याडमा पुगेका थिए । तर अवतरण गर्न खोज्दा हेलिकप्टर ठोक्किएर टेल रोटर भाँचिएको थियो । उक्त दुर्घटनामा कसैलाई पनि चोटपटकभने लागेन ।

हेलिकप्टर उडानमा ३५ वर्ष लामो अनुभव भएका क्याप्टेन मल्लले बुधबार दिउँसो भएको दुर्घटनामा भने मृत्युलाई हराउन सकेनन्‌ । दुर्घटनामा क्याप्टेन मल्लसहित चिनियाँ पर्यटकहरू जुदाड टाङ (पुरुष), जिली (पुरुष), जेमिङ सी (पुरुष) / यियाद वु (महिला) ले ज्यान गुमाए ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ५ : ४३ बजे

इरान बोल्यो : अहिले पनि अवस्था अझै युद्धजस्तै, डकैती आरोपमा अमेरिकाविरुद्ध राष्ट्र संघमा उजुरी

तेहरान- इरानले देशको वर्तमान अवस्था अझै ‘युद्धजस्तै’ रहेको बताएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३०

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न वर्षमान पुनको माग

रोल्पा– रोल्पाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु